site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित पाँच राजदूतको मंगलबार संसदीय सुनुवाइ गरेको छ । 
समितिले परराष्ट्र सेवामा रहेका प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, डा दुर्गाबहादुर सुवेदी र ऋषिराम घिमिरेको संसदीय सुनुवाइ गरेको हो । उनीहरू पाँचै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । लम्साललाई पाकिस्तान, पोखरेललाई ब्राजिल, सुवेदीलाई संयुक्त राष्ट्र सङ्घको कार्यालय भियना, डा दुर्गालाई संयुक्त अधिराज्य र घिमिरेलाई रुसी महासङ्घका लागि नेपाली राजदूतमा सिफारिस गरेर सरकारले सुनुवाइ गर्न समितिमा पठाएको हो । 
संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आ–आफ्नो कार्ययोजना र सोच प्रस्तुत गर्दै आफू खटिएर जाने मुलुकसँगको सम्बन्धलाई थप विकास र विस्तार गर्नुका साथै आर्थिक कूटनीतिलाई जोड दिने प्रतिबद्धता जनाए । उनीहरूले भने – “नेपालको इज्जत र प्रतिष्ठा बनाउनेतर्फ नै हाम्रो ध्यान केन्द्रित हुने छ । शान्ति र विकासका लागि आवश्यक पहल गरिने छ । सम्बन्धका विभिन्न आयाम पहिल्याइने छ । यातायात क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गन ध्यान दिइने छ ।” 
राजदूतमा सिफारिस भएका परराष्ट्र सेवाका तीन जनाको भोलि बिहान सुनुवाइ गर्ने समितिले कार्यसूची बनाएको छ । सहसचिवत्रय रमेशप्रसाद खनाललाई जर्मनी, झविन्द्रप्रसाद अर्याललाई इजिप्ट र लोकबहादुर थापालाई बेल्जियम र युरोपेली सङ्घका लागि राजदूतमा प्रस्ताव गरिएको छ । 
सरकारले परराष्ट्र सेवाभन्दा बाहिरबाट थप १४ जनालाई राजदूतका लागि प्रस्ताव गरेको छ । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC