site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले जित्ने ठाउँमा बम पड्काइयो, रातारात प्रहरीको सरूवा गरियो : देउवा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । भीमबहादुर तामाङको स्मृतिसभामा सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा धाँधली भएको बताएका हुन् ।

प्रहरी प्रशासन निष्पक्ष नरहेको भन्दै उनले भने, "पोखरामा कांग्रेसले जित्ने ठाउँमा बम पढ्काएर षड्यन्त्र गरियो । प्रहरीको सरूवा गरियो । प्रहरी निष्पक्ष नहुँदाको बाबजुद पनि भक्तपुर धरान र चितवनमा जितेका छौं ।"

उनले उपनिर्वाचनमा कहाँ-कहाँ धाँधली भएको छ भन्‍ने विषयमा अध्ययन गरेर छानबिनका लागि दबाब दिनेसमेत बताए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १६:४१
प्रतिक्रिया दिनुहोस्