राजनीति
काठमाडौं । व्यवस्थापिका–संसद्मा रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल भैरहेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेको मागमा सहमति जुटाएर आजै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको नेताहरूले जनाएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले अघि सारेका अधिकांश मागका बारेमा सहमतिको नजिक पुगेको भए पनि पहिचानसहितको संघीयताका सम्बन्धमा भने सहमति कायम हुन नसकेको नेताहरूले जनाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मोर्चाका शीर्ष नेताहरू बैठकमा रहेको रामसपाका प्रवक्ता केशव झाले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३ १०:११
प्रतिक्रिया दिनुहोस्