site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
कर्मचारीलाई हप्तामा ४ दिन मात्र काम गराउँदा माइक्रोसफ्टको उत्पादन ४० प्रतिशतले बढ्यो
Sarbottam CementSarbottam Cement

बीबीसी । थुप्रै ठूला कम्पनीहरुले पछिल्लो समय हप्तामा चार दिन  मात्र काम गर्ने नीति अपनाउन थालेका बेला माइक्रोसफ्टको नतिजाले यो ट्रेन्ड अझै बढ्दै जान सक्ने अनुमान गरिएको हो । कम्पनीले जापानमा ‘वर्क लाइफ चोइस च्यालेन्ज’ नामक एक नयाँ कार्यक्रम अन्र्तगत आफ्ना कर्मचारीलाई हप्तामा चार दिन मात्र काम गराउँदा उत्पादन ४० प्रतिशतले वृद्धि भएको जनाएको छ । पूरै पारिश्रमिकमा कर्मचारीलाई तीन दिन बिदा दिएर चार दिन काममा लगाउँदा यस्तो नतिजा देखिएको माइक्रोसफ्ट कम्पनीले बताएको छ । अगस्टदेखि नै कम्पनी प्रत्येक शुक्रबार, शनिबार र आइतबार बन्द गराउँदै माइक्रोसफ्टले सबैलाई तलब नकाटि ‘विशेष छुट्टी’ दिँदै आएको थियो । 

यस्तोमा प्रति कर्मचारी ‘सेल्स’ को सङ्ख्या ४० प्रतिशतले वृद्धि भएको हो । जापान स्थित माइक्रोसफ्टका २,२८० कर्मचारीहरुले यो तरिकाले आफूहरु प्रभावित भएको बताएका हुन् । यसरी उत्पादकत्व बढाउनुका साथै ऊर्जा पनि बचत भएको खबरमा उल्लेख गरिएको छ । एक महिना लामो ट्रायलमा विजुलीको उपभोग २३ प्रतिशतले कम भएको थियो भने पेपर प्रिन्टिङ पनि पहिलेको तुलनामा ५९ प्रीतशतले कम भएको कम्पनीको भनाइ छ । यसका साथै कम्पनीले सबै मिटिङहरुलाई पनि ३० मिनेट भन्दा लामो नराख्ने शैली अपनाएको हो भने अनलाइन मार्फत छलफल गर्न प्रोत्साहन गरेको थियो जुन पहिले आमनेसामने भएर कुरा गर्नुपर्दथ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

जापानमा यसअघि बढी काम गरेकै कारण कर्मचारीहरुको मृत्यु पनि हुने गरेको छ जसलाई ‘करोशि’  भनिन्छ । २०१७ को एक सर्वेक्षणका अनुसार जापानका एक चौथाइ भन्दा धेरै कम्पनीका कामदारहरु महिनामा ८० घण्टा भन्दा धेरै ‘ओभर–टाइम’ काम गर्ने गर्दछन् त्यो पनि बिना अतिरिक्त पारिश्रमिक । २०१५ मा क्रिस्मसको दिनमा आत्महत्या गरेका डेन्टसु कम्पनीका एक कर्मचारीले अत्याधिक ओभर–टाइम काम गर्नुपरेकै कारण आफ्नो ज्यान लिने निर्णय गरेको पाइएको थियो । त्यस्तै अर्का एक रिपोर्टरले पनि आत्महत्या गर्नु अगाडिको महिनामा १५९ घण्टा ओभरटाइम काम गरेको पत्ता लागेको हो । 

यसरी विश्वमै सबैभन्दा लामो समय काम गर्ने परम्परा रहेको जापानमा यस्तो तरिका अपनाउँदा झन्डै ५० प्रतिशतले उत्पादकत्व बढेको हो । यसमा सहभागी सम्पूर्ण कर्मचारीहरुमा सर्वेक्षण गर्दा माइक्रोसफ्टका ९२ प्रतिशत कामदारमाझ यो नीति लोकप्रिय रहेको पाइएको हो । यस्तोमा माइक्रोसफ्टले आगामी जाडोयाममा दोस्रो वर्क लाइफ च्यालेन्जको योजना बनाइरहेको बताएको छ तर त्यसमा यस किसिमको विशेष छुट्टी प्रदान नगर्ने बताएको हो । यसको सट्टा कर्मचारीलाई ‘स्मार्ट ’ तरिकाले ‘रेस्ट ’लिन प्रोत्साहन गरिने बताएको हो । 

Global Ime bank

अर्कोतर्फ यता चीनका सर्वाधिक धनी व्यवसायी ज्याक मा ले भने दिनमा १२ घण्टा काम गर्ने शैलीमाथि जोड दिएका छन् । गत अप्रिलमा मात्र उनले उक्त तरिकालाई ‘९९६’ नाम दिएका हुन् जसमा कर्मचारीले बिहानको ९ बजेदेखि रातिको ९ बजेसम्म काम गर्छन् त्यो पनि हप्तामा ६ दिन जसलाई उनले ‘आशिर्वाद’ भनि व्याख्या गरेका हुन् । यता बेलायतको लेबर पार्टीले पेश गरेको एउटा आधिकारिक रिपोर्टमा चाहिँ हप्तामा ४ दिन मात्र काम गर्न लगाउनु अव्यवहारिक हुने भएको बताएको हो । सेप्टेम्बरमा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको छ, “धेरै मानिसहरु आफूले चाहेको भन्दा कम समय काम गरिरहेका हुन्छन् तर अधिकांश मानिसहरु आफूले सक्ने भन्दा धेरै लामो समयसम्म काम गर्न बाध्य छन् ।” यसरी प्रायः सबैलाई पार्ट–टाइम गर्दा वा काम गर्ने समय घटाउनुले त्यही काम कम समयमा सक्काउनुपर्दा झनै ठूलो दबाब हुने गरेको पनि कर्मचारीहरु बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  ०५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC