site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संगीत रोयल्टी वितरणमा अन्योल, रजिष्टार गुहार्दै श्रष्टा
Ghorahi CementGhorahi Cement

काठमाडौं । लामो समयसम्म पनि संगीत रोयल्टी वितरण नभएपछि श्रष्टाहरु रजिष्टारको कार्यालय जाने तयारीमा जुटेमा छन् । श्रष्टाहरुले नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा रोयल्टी वितरणका लागि आवश्यक पहल गरिदिन आग्रह गर्ने भएका हुन् । 

संगीत रोयल्टी तत्काल वितरणको माग गर्दै आइरहेका सर्जक तथा श्रष्टाहरु केही वरिष्ठ सर्जकको हस्ताक्षरसहितको विज्ञप्ति लिएर नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय जाने तयारी भइरहेको संगीतकार लक्ष्मण शेषले जानकारी दिए । “अबको एक हप्ताभित्र हामी रजिष्टारको कार्यालयमा श्रष्टाहरुको हस्ताक्षर सहितको विज्ञप्ति लिएर जाँदैछौं,” उनले बाह्रखरीसँग भने, “रजिष्टारको कार्यालयमा विज्ञप्ति बुझाएपछि उसले संगीत तथा रोयल्टी संकलन समाजलाई निर्देशन सहितको पत्र पठाउने छ ।” 

रजिस्टारको कार्यालयबाट अल्टिमेटम सहितको पत्र संगीत तथा रोयल्टी संकलन समाजलाई पठाउने र उक्त अल्टिमेटम पनि नमानेको अवस्थामा कानुनी बाटो रोज्ने उनले बताए । 

Agni Group

यसै विषयमा मंगलबार गीतकार संघले अग्रज श्रष्टा तथा सल्लाहकारहरुसँग छलफल गरेको थियो । गीतकार एसपी कोइराला, विमल कोइराला, यादव खरेल लगायतसँग छलफल गरेको थियो । संकलन भएको रोयल्टी वितरण हुन नसक्नु संगीत तथा रोयल्टी संकलन समाजको अकर्मण्यता भएको भेलाको निष्कर्ष थियो । 

रजिष्टारको कार्यालयले दिएको निर्देशन पालना भए–नभएको जानकारी लिन पनि आफूहरु रजिष्टारको कार्यालय जान लागेको गीतकार संघका अध्यक्ष चुणामणि देवकोटा बताउँछन् । “संगीत रोयल्टी वितरणमा देखिएको अकर्मण्मयतासँगै अब हाम्रो मुद्दा एग्रिगेटरबाट भइरहेको ठगी पनि हो,” अध्यक्ष चुणामणि भन्छन्, “एग्रिगेटर कम्पनीले गरिरहेको अरबौंको ठगीबारे अब हामी बोल्ने छौं ।”

Global Ime bank

गत वर्षको जेठ ३० गते रजिष्टारको कार्यालयले संगीत तथा रोयल्टी संकलन समाजलाई ६ बुँदे निर्देशन दिएको थियो । अडिटर शिखा वाग्ले र डोलप्रसाद दाहालले दिएको समाजको अडिट रिपोर्टमा देखिएका कमजोरी सच्याउन आग्रह गर्दै रजिष्टारको कार्यालयले सात दिनको समय सीमा दिएर निर्देशन दिएको थियो । 

२० लाख २८ हजार रुपैयाँ फर्छ्योट गर्नुपर्ने, पछिल्ला तीन आर्थिक वर्षमा २४ लाख ३८ हजार रुपैयाँ सीमा नाघेर खर्च भएको अडिट रिपोर्टमा देखिएकाले उक्त रकम खर्च भएको पुष्टि गर्नुपर्ने र पुष्टि हुन नसके दुरुपयोग भएको ठहर हुने निर्देशनमा उल्लेख थियो । 

बिलबिजकमा कैफियत देखिएको  भन्दै जिम्मेवार पदाधिकारीले त्यसलाई पुष्टि गर्न रजिष्ट्रारको कार्यालयले निर्देशन दिँदै कार्ययोजना बनाएर मात्रै खर्च गर्न भनेको थियो । 

जवाफमा समाजले बिलबिजकमा कैफियत मिलाएको र बाँकी मिलाउँदै जाने बेहोराको पत्र पठाएको रजिष्टारको कार्यालयले जनाएको छ । रजिष्टारको कार्यालयले पटकपटक उठेको रोयल्टी तत्काल बाँड्न निर्देशन दिएको नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयका रजिष्टार प्रकाश आचार्यले बताए । “मैले संगीत तथा रोयल्टी संकलन समाजलाई उठेको रोयल्टी तत्काल बाँड्न पटकपटक भनेको छु,” रजिष्टार प्रकाशले भने, “तर उहाँहरुले वितरणको मापदण्ड बनाउन सक्नु भएको छैन ।” मापदण्ड बनाउन सकिएन भनेर वितरण नगरी बस्न नपाइने उनको भनाइ छ । 

संगीत तथा रोयल्टी संकलन समाजले रोयल्टी वितरणका लागि मापदण्ड तयार पार्न कमिटी गठन गरेको छ । वीपिन किरणको संयोजकत्वमा तीन सदस्यीय कमिटी दसैं अगाडि गठन गरिएको हो । “उक्त कमिटीले मापदण्ड प्रतिवेदन तयार गरिरहेको छ । सरोकारवाला संघसंस्था र व्यक्तिहरुसँग रायसुझाव लिएर प्रतिवेदन बुझाउने छ,” संगीत तथा रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्का भन्छन्, “मापदण्ड सहितको प्रतिवेदन आएपछि रोयल्टी वितरण हुने छ ।” 

यातायातबाट राम्रै रोयल्टी संकलन भए पनि वैज्ञानिक मापदण्ड बनाउन नसक्दा सर्जक तथा श्रष्टाहरुले रोयल्टी पाउन सकेका छैनन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC