site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनसेल बाह्रखरी गल्फ व्यक्तिगत जीवनको नयाँ अनुभवः कार्की
Ghorahi CementGhorahi Cement

काठमाडौं । एअर डाइनेष्टिकका एमडी पवित्र कुमार कार्कीले एनसेल बाह्रखरी गल्फले गल्फ करियर र व्यक्तिगत जीवनमा एक फरक खालको अनुभव दिलाएको बताएका छन् ।  आइतबार बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ । चार हजार दुई सय पचास मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो ।

कार्कीले आफ्नो गल्फ करियरमा बेग्लै खालको अनुभव दिलाएको पनि बताए । यो गल्फ प्रतियोगिताले अन्य गल्फरहरुमा पनि एक नयाँ अनुभव बटुल्न उर्जा पुग्न सक्ने उनको भनाइ छ । “जीवनमा पहिलोपटक यस्तो खालको अनुभव लिएको छु । विश्वको उच्च स्थानमा गल्फ खेल्न पाउँदाको खुसी बेग्लैछ । यो प्रतियोगिताले देशमा मात्र होइन विदेशमा पनि गल्फ खेलप्रतिको सोचाइलाई एक फरक धार दिएको छ,” कार्कीले भने ।

Agni Group

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको थियो । सगरमाथा क्षेत्रको चारहजार दुईसय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा र ती हजार आठसय ८० मिटर उचाइमा रहेको स्याङबोचेमा प्रतियोगिता भएको हो । “यो प्रतियोगिताले नेपालको पर्यटक भित्र्याउने कुरामा राहत दिनेछ । बाह्रखरीले एक राम्रो कुराको सुरुवात गरेको छ । त्यहाँ रहेको होलमा अन्य व्यक्ति तथा पर्यटकहरुले गएर सहजै रुपमा खेल्न सक्नेछन् । यसलाई सही प्रचार गर्न सकेमा पर्यटक आक्रषको एक नयाँ केन्द्र विन्दु बन्नेछ,” कार्कीले भने ।

आइतबार बिहान भएको प्रतियोगितामा प्रतिकूल मौसमका बाबजूद कोङ्दे री ६ जना कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गरे भने बाँकी आठ जनाले स्याङ्बोचेमा प्रतिष्पर्धा गरेका थिए । दुई चरणमा खेलाइने प्रतियोगितामा बाँकी १७ होल २६ तारिखमा काठमाडौंमा रहेको गोर्कण गल्फ रिसोर्टमा खेल्नेछन् । उक्त प्रतियोगितामा भने सयजना गल्फरहरुले सहभागिता जनाउने छन् ।

Global Ime bank

“त्यहाँको वातावरण नै बेग्लै खालको थियो । बाह्रखरीले राखेको होलमा कुनै नयाँ प्रतियोगिता नै हुनु पर्छ भन्ने छैन । व्यक्तिगत हिसावमा गएर एक–दुई होल खेल्दा बेग्लै अनुभव दिनेछ । विदेशी पर्यटकका लागि पनि नयाँ अनुभव रहनेछ । मैले पनि सोही स्थानमा फेरि जाने योजना बनाएको छु,” कार्कीले भने । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC