site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
'खुला आकाश' सन्धीबाट बाहिरिने घोषणा गर्दै अमेरिका 
Sarbottam CementSarbottam Cement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चाँडै 'खुला आकाश' सन्धीबाट बाहिरिने घोषणा गर्ने भएको छ । अमेरिकी अधिकारीका अनुसार उक्त कदमको कंग्रेसमा डेमोक्रेटहरुले निन्दा गरेका थिए । 

सन् १९९२ मा ३४ मुलुकबीच हस्ताक्षर भएको उक्त सन्धी सन् २००२ बाट लागु भएको थियो । उक्त सन्धी अनुसार सन्धीमा हस्ताक्षर गर्ने मुलुकहरुको आकाशमा गैरसैन्य निगरानी गर्ने विमान उडानको अनुमति प्रदान गरेको थियो । उक्त सन्धीले रुसी तथा अन्य सदस्य राष्ट्रहरुले अमेरिकी सैन्य शक्तिहरुमाथि हवाइ निगरानी राख्दा असर पर्ने भएकोले अमेरिकाले बाहिरिने निर्णय गर्न लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी रक्षा विभाग अर्न्तगतको यूएस डिफेन्स थ्रेट रिडक्सन एजेन्सीका अनुसार उक्त सन्धीले सैन्य नियन्त्रण सहमतिलाई प्रमाणित गर्न सहयोग गरिरहेको छ । उक्त सन्धी सदस्य मुलुकबीच आपसी समझदारी र विश्वास दिलाउने योजनाका साथ तयार गरिएको अमेरिकी स्टेट डिपार्टमेन्टले जनाएको छ । उक्त सन्धीले हवाइ निगरानीमार्फत सैन्य शक्तिको सूचना संकलन र अन्य सैन्य गतिविधि बुझ्न अनुमति प्रदान गरेको थियो । 

यो ट्रम्प प्रशासनले बाहिरिने घोषणा गर्न लागेको मुख्य अन्तर्राष्ट्रिय सन्धी हो । यसअघि अगस्टमा अमेरिका मध्यम-दूरी आणविक शक्तिसम्बन्धी सन्धीबाट बाहिरिएको थियो । उक्त सन्धीमा रुस र अमेरिकाबीच भएको थियो । 

Global Ime bank

पछिल्ला घटनाक्रमले अमेरिका र मस्कोबीच नयाँ र भयानक सैन्य प्रतिस्पर्धा बढिरहेकोप्रति विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् । सीएनएनका अनुसार अमेरिका सेनाले रुस र युरोपलाई चेतावनी दिन नयाँ गैर-आणविक मोबाइल-लन्च क्रुज मिसाइल प्ररीक्षण गर्ने तयारीसमेत गरेको छ । 

सीएनएन

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC