site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नेपाली बजारमा ग्यालेक्सी एम ३० एस : ४ जीबी र्‍याम र ६४ जीबी रोम, मूल्य २८ हजार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले नेपाली बजारमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । कम्पनीले ६ हजार एमएएच ब्याट्री, ट्रिपल रियर क्यामरा भएको एम ३० एस फोन नपाली बजारमा भित्र्याएको हो ।

प्रविधि प्रेमी युवालाई लक्षित गरेको ल्याइएको स्मार्टफोनमा ४८ मेगापिक्सलको प्रमुख क्यामरा, ए आई गेम बुस्टर आदि अतुलनीय विशेषता उपलब्ध छन् ।
ग्यालेक्सीका एमलाइनमा रहेका एम १०, एम २० तथा एम ४० माझ यो मोडल पनि थपिएको हो ।

यो फोनमा भएको ब्याट्री एक दिनभन्दा धेरै टिक्छ । यसलाई एकपटक चार्ज गरेपछि २९ घण्टासम्म भिडियो प्ले गर्न, ४९ घन्टा भ्वाइस कल गर्न, १ सय ३१ घन्टाभन्दा बढी म्युजिक प्ले गर्न सकिन्छ । यसमा टाईप सी १५ वाट फास्ट चार्ज पनि उपलब्ध छ । ग्यालेक्सी एम ३० एस ८.९ मीमी पातलो छ भने १ सय ८८ ग्राम यसको तौल रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘ग्यालेक्सी एममा यस अघि प्रयोग नभएको प्रविधिलाई उपयोग गरिएको छ । यसमा भएको सुपर एमओलेड डिस्प्ले, ४८ मेगापिक्सलको क्यामराजस्ता सुविधाहरुले आजका युवापुस्ताले सहजै मन पराउने छन्,” सामसङ मोबाइल विजिनेस हेड प्रणयरत्न स्थापितले भने ।

ग्यालेक्सी एम ३० एसमा ६.४ इन्च एफएचडी + सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले उपलब्ध छ । यसमा वाइडभाइन एलवानको सर्टिफिकेसन छ, जसले उपभोक्तालाई विभिन्न स्ट्रिमिङ प्लेटफर्ममा हाइ डेफिनेसन कन्टेन्ट हेर्न सक्ने सुविधा प्रदान गर्दछ । ग्यालेक्सी एम ३० एसमा ट्रिपल रियल क्यामेरा रहेको छ जसको मुख्य क्यामेरा ४८ मेगापिक्सलको रहेको छ ।

Global Ime bank

यसमा ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स रहेको छ । यो लेन्सले १ सय २३ डिग्री फिल्ड अफ भ्युको साथ उपलब्ध छ र मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो कैद गर्न सक्षम छ । फोनमा ५ मेगापिक्सलको क्यामरा लाइभ फोकस फिचरको साथ उपलब्ध छ । यसमा १६ मेगापिक्सल फ्रन्ट क्यामेरा, सेल्फी फोकस र इन-डिस्प्ले फ्ल्यास पनि रहेको छ ।

ग्यालेक्सी एम ३० एस क्यामेरामा आई ब्याक्ड सेन्स अप्टिमाइजर तथा इन्टिलिजेन्ट फ्ल डिटेक्टर फिचर उपलब्ध रहेको छ । यो फोनले २० प्रकारका सिन पहिचान गर्दछ । यसमा कम उज्यालोमा फोटो खिच्नको लागि नाइट मोड पनि रहेको छ । ग्यालेक्सी एम ३० एसमा उत्कृष्ट भिडियो खिच्न सक्ने क्षमता छ भने भिडियो, सुपर स्लो मो, सुपर स्टेडी र हाइपरल्याप्सको रेकर्ड गर्न पनि सकिन्छ ।

ग्यालेक्सी एम ३० एस मा पूर्ण नयाँ एग्जिनोस ९६११ अक्टा–कोर प्रोसेसर रहेको छ । यसले २.३ गिगाहर्जको गति प्रदान गर्दछ जसकारण गेम खेल्दा होस या अन्य ग्राफिक्स सम्बन्धी कार्य गर्दा उत्कृष्ट कार्य क्षमता प्रदान गर्दछ ।

ग्यालेक्सी एम ३० एस चार जीबी र्‍याम र ६४ जीबी स्टोरेज तथा छ जीबी र्‍याम र १२८ जीबी स्टोरेजका साथ उपलब्ध छ । जसको खरिद मूल्य २७ हजार ९ सय ९० र ३३ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ । यो फोन नीलो, सेतो तथा कालो रंगमा उपलब्ध छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC