site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
भारतीय दूतावासले मनायो ५५ औं आइटेक दिवस 

काठमाडौं । भारतीय राजदूतावासले ५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस (आइटेक) २०७६ असोज १३ गते काठमाडौंको मेरियट होटलमा मनाएको छ । 

उक्त समारोहम नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित प्रमुख अतिथि थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालकालागि भारतका राजदूत मंजीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी एवम् अन्य कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिन उक्त आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको बताए । 

कार्यक्रमले सीप अभिवृद्धि तथा मानव संसाधन विकासमा उल्लेख्य योगदान पुर्‍याएको जनाइएको छ । सो समारोहमा आइटेकका करिब १५० भूतपूर्व विद्यार्थीहरुको उपस्थिति थियो । 
नेपाल लगायत १६१ विकासशील मित्र राष्ट्रहरुसँग भारतको विकासमूलक अनुभव बाँड्न भारत सरकारको पूर्ण सहयोगमा‘आइटेक कार्यक्रम’सञ्चालित छ । 
 

प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  २१:१०
प्रतिक्रिया दिनुहोस्