site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रामसपा केन्द्रीय समिति पुनर्गठन, महासचिवमा केशव झा चयन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं ।  शरत सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)ले पदाधिकारी तथा केन्द्रिय सदस्यको पुनर्गठन गरेको छ । राजधानीमा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले कार्यसम्पादनको आधारमा पदाधिकारी तथा केन्द्रिय सदस्यमा परिवर्तन गरेको रामसपाले जनाएको छ । 
पार्टीको तेह्रौं विस्तारित बैठकले दिएको अधिकार बमोजिम राष्ट्रिय समिति तथा राष्ट्रिय सल्लाहकार समितिको गठन गरिएको सो पार्टीका प्रवक्ता केशव झाले बताए । रामसपाले १० जनाको पदाधिकारी र ६८  जनाको केन्द्रिय सदस्य बनाएको हो । पुनर्गठित राष्ट्रिय समितिको राष्ट्रिय अध्यक्षमा शरत सिंह भण्डारी, वरिष्ठ नेतामा निर्जला राउत, उपाध्यक्षहरुमा शेखर कुमार सिंह, प्रदिप शम्सेर राणा, निलम बर्मा, जैन्युल राईन, अजय शाही छन् भने महासचिव तथा प्रवक्तामा केशव झालाई मनोनित गरिएको सो पार्टीले जनाएको छ । 
 
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  ११:४९
प्रतिक्रिया दिनुहोस्