site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका ११ जना न्यायाधीशलाई नियुक्ति गरेकी छन् ।

राष्ट्रपति भण्डारीको समुपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव डा सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च अदालतका न्यायाधीशहरु, पुनरावेदन अदालतका न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

नवनियुक्ति न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान रहेका छन् । उनीहरू सबैले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

Global Ime bank

नवयुक्ति न्यायाधीशहरुको संसदीय सुनुवाइ विशेष समितिले आइतबार ११ न्यायाधीशको नाम अनुमोदन गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC