site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले नगए राप्रपा नेपाल सरकारमा सहभागी हुने !
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं ।  नेकपा एमाले सरकारमा सहभागी नभए राप्रपा नेपालले सरकारमा सहभागी हुन सक्ने संकेत गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच आइतबार सिंहदरबारमा सरकारमा सहभागी हुने विषयमा छलफल भएको थियो ।
“हामीले कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउन् भन्ने चाहेका छौं,” राप्रपा नेपालका एक नेताले बाह्रखरीसँग भने,“नेकपा एमाले सरकारमा सहभागी नहुने भएपछि हामी आन्तरिक छलफलमै छौं । सरकारमा जानुपर्छ भन्ने सदस्यहरू बढी देखिनुभएको छ ।”
तीन दल मिल्ने सम्भावना नरहेकाले राप्रपा नेपालभित्र सरकारमा सहभागी हुनुपर्छ भन्ने बढी देखिएको स्रोतले बतायो ।
“संविधान कार्यान्वयन, ऐन कानुन निर्माण र निर्वाचनको तयारीका लागि पनि राप्रपा नेपालको सहभागीता आवश्यक छ,” एक नेताले भने,“सधैंभरि राजनीतिक खिचातानीमा मात्रै अल्झिएर हुँदैन ।”
राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले भने प्रचण्डले सरकार गठनमा सहयोग मागेको बताउँदै अध्यक्ष थापाले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको जानकारी दिए ।
उनले पार्टीको बैठक बसेर मंगलबारसम्ममा सरकारमा जाने कि नजाने भन्ने टुंगो लगाउने बताए ।
 
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १९:३९
प्रतिक्रिया दिनुहोस्