site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दिपेश, रत्न, विकास र नविन क्वाटरफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । एपीएफका दिपेश धामी, आर्मीका रत्नजित तामाङ, भोजपुरका विकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ योनेक्स सनराइज नवौं पुष्पलाल स्मृती र्‍याङ्किङ् राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम ८ मा पुग्न सफल भएका छन् । उच्च १६ वरीयताका खेलाडीबीच भएको पुरुष एकलको लिग खेलमा चारैजना खेलाडी आआफ्नो समूहको शीर्ष स्थान हात पार्दै क्वाटरफाइनल प्रवेश गरेका हुन् ।

समूह ‘बी’का राष्ट्रिय च्याम्पियन दिपेश धामीले सेमिफाइनल प्रवेशका लागि समूह ‘डी’का उपबिजेता सेनाका रुकेश महर्जन संग प्रतिस्पर्धा गर्ने छन् । यस्तै समूह डीका विजेता सेनाका नविन श्रेष्ठले समूह बीका उपविजेता सेनाका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समूह ए मा रत्नले आफ्ना सबै तीन प्रतिद्वन्द्वीलाई पराजित गर्दै समूह विजेता भएका हुन् । उक्त समूहबाट उपविजेताका रुपमा पुलिसका जीवन आचार्यले अन्तिम आठमा स्थान बनाए । अब रत्नले समूह सीका उपविजेता पुलिसका सुनिल जोशीसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै समूह सीका विजेता विकासले ए का उपविजेता जीवन आचार्यको सामना गर्नेछन् ।

समूह एमा रत्नले पुलिसका जीवन आचार्यलाई २१ । ६, २१ । १०, एपिएफका सुमन लिम्बुलाई २१ । १०, २१ । १३ तथा गौतम सिंह कठायतलाई १९ । २१, २१ । ९, २१ । १४ ले पराजित गरे । यस्तै जीवनले एपिएफका सुमन लिम्बुलाई २१ । १८, २४ । २२ ले तथा गौतम सिंह कठायतलाई १५ । २१, २१ । १९, २१ । १४ ले हराए । एपिएफका गौतमले आफ्नै क्लबका सुमनलाई २१ । १५, २१ । १५ ले हराए ।

Global Ime bank

समूह बीमा दिपेश धामीले सेनाका प्रफुल महर्जनलाई २१ । १९, २१ । ९ ले तथा बाँकेका ईरफान अन्सारीलाई २१ । १४, २१ । १४ ले र प्रफुलले ईरफानलाई २१ । ११, २१ । १५ ले पराजित गरे । यस्तै समूह सीमा पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले एपिएफका विजित थापामगरलाई २१ । १५, २१ । ९ ले तथा पुलिसका सुनिल जोशीलाई २१ । १७, २१ । १४ ले र सुनिलले विजितलाई २१ । १६, २१ । ९ ले पराजित गरे ।

समूह डी मा सेनाका नविन श्रेष्ठले सेनाकै रुकेश महर्जनलाई २१ । १५, २१ । १०ले तथा पुलिसका बिष्णु कटुवालबाट वाक ओभर पाए । पुलिसका बिष्णुले अस्वस्थताका कारण खेल परित्याग गरे पछि रुकेशलाई विजयी बनाईएको थियो ।

महिला उच्च १२ तर्फको एकलमा एपिएफकी जेशिका गुरुङ्ग र सुनैना मुखिया तथा सेनाकी अनुमाया राईले पनि अन्तिम ८ मा स्थान बनाए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC