राजनीति

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजाता परियारले सरकारले डेंगु फैलाउने लामखुट्टे मार्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै उनले डेंगु फैलाउने लामखुट्टे नियन्त्रण गर्न नसकेको भन्दै सरकारबाट के आश गर्ने भन्दै प्रश्न गरिन् ।
“डेंगु रोग फैलाउने लामखुट्टे मार्न नसक्ने दुई तिहाईको बलियो कम्युनिष्ट सरकारबाट के आश गर्ने ? जनताले आशा मारिसकेका छन् ,” उनले भनिन् । सांसद परियारले डेंगु लागेका मन्त्रीलाई राम्रो अस्पतालमा उपचार भए पनि सर्वसाधारण जनतालाई भने स्वास्थ्य जाँच गर्ने उपकरण समेत नभएको समाचार आइरहँदा सरकार के हेरेर बसेको छ भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६ १४:०४
प्रतिक्रिया दिनुहोस्