site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फाइनलअघि इङ्ल्यान्डलाई पुरानै डर ! 
Sarbottam CementSarbottam Cement

बीबीसी । लन्डनको ऐतिहासिक मैदान लर्डस्मा आज एउटा टिम च्याम्पियन हुनेछ । जसका लागि घरेलु टोली इङल्यान्ड र न्युजिल्यान्ड आमनेसामने हुँदैछन् । 

लगतार दोस्रो पटक फाइनलमा पुुगेको न्युजिल्यान्ड विश्वकपको ट्रफी उचाल्न चाहन्छ भने इङ्ल्यान्ड २७ वर्षपछि घरेलु मैदानमा उपाधि राख्ने योजनामा छ ।  ४४ वर्षे विश्वकपको इतिहासमा इङ्ल्यान्ड चौथोपटक विश्वकप जित्ने लक्ष्यका साथ फाइनलमा पुगेको छ । यसअघि ३ पटक उपाधि अर्कै टोलीलाई सुम्पिएको इङ्ल्यान्डलाई फेरि फाइनलको प्रयास  खेर जाने हो कि भन्ने पनि डर छ । अघिल्ला फाइनलमा इङ्ल्यान्डले वेस्ट इन्डिज, अस्ट्रेलिया र पाकिस्तानलाई उपाधि सुम्पिएको थियो ।


माइक ब्रेयरलीको नेतृत्वमा पहिलो पटक फाइनलमा पुगेको इङ्ल्यान्डले सन् १९७९ को विश्वकपमा यही मैदानमा हार्नुपरेको थियो । त्योबेला इङ्ल्यान्डले अस्ट्रेलिया, क्यानडा र पाकिस्तानलाई लिग खेलमा र सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएर फाइनलमा पुगेको थियो । तर फाइनलमा वेस्ट इन्डिजले ९२ रनको जित दर्ता गरेर विश्वकप क्रिकेटको इतिहासमा दोस्रो पटक नाम लेखेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् १९८७ मा दोस्रो पटक इङ्ल्यान्डलाई विश्वकप जित्ने मौका मिलेको थियो । सेमिफाइनलमा माइक गेटिङको नेतृत्वमा भारतलाई हराएर इङ्ल्यान्ड फाइनलमा पुगेको थियो तर अस्ट्रेलियाले ७ रनको जित हासिल गरेर पहिलो पटक इतिहास रचेको थियो ।

सन् १९९२ मा फेरि तेस्रो पटक इङ्ल्यान्ड फाइनलमा पुग्यो । तर यसपटक पनि  फाइनलमा पाकिस्तानसित पराजित भएर इङ्ल्यान्डको विश्वकप जित्ने सपना साकार हुन सकेन । 

Global Ime bank

योपटक इङ्ल्यान्डले विश्वकप जित्नेबारे विभिन्न आकलन भइरहेका छन् । पहिलो आकलन यो छ कि यसपालिको विश्वकप क्रिकेटको आयोजना इङ्ल्यान्डले गरेको छ । सन् २०११ को विश्वकप भारतले जितेको थियो । यसैगरी सन् २०१५ को  विश्वकप अस्ट्रेलियाले जितेको थियो । दुबै टिमले जित्ने सालमा विश्वकपको आयोजना ती दुबै टिमले गरेका थिए । तर यो पनि हो कि आफ्नै मैदानमा इङ्ल्यान्ड १९७९ मा वेस्ट इन्डिजसित पराजित भएको थियो । 

इङ्ल्यान्डले लिग खेलमा न्युजिल्यान्डविरुद्ध ३ सय ५ रन बनाएको थियो । न्युजिल्यान्डलाई इङ्ल्यान्डले १ सय ८६ रनमा सबैको विकट गुमाएर १ सय १९ रनले जितेको थियो । यतिमात्र कहाँ हो  र ? उपाधि दाबेदार भारतलाई पनि इङ्ल्यान्डले ३१ रनको अन्तरले हराएको  थियो । सेमिफाइनलमा अस्ट्रेलियालाई हराएर चौथो पटक  इङ्ल्यान्ड फाइनलमा पुगेको छ ।

क्रिकेटका जानकारहरुले प्रतियोगिताको सुरुमै इङ्ल्यान्ड र भारत विश्वकपको दाबेदारी टिम मानेका थिए । भारत सेमिफाइनलमा ४५ मिनेटको खराब खेल खेलेर बाहिरियो । इङ्ल्यान्ड फाइनलमा पुग्नुको पछाडि सबैभन्दा बढी हात कप्तान मोर्गनको  छ । 

इङ्ल्यान्डका जेसन रोय र बेयरेस्टोले जम्मा ९ सय २२ रन हानेका छन् । मध्यक्रममा रुटले ५४९ रन, बेन स्टोक्स ३८१ रन र मोर्गनले ३६२ रन बनाइसकेका छन् । बलिङतर्फ आर्चरले १९ विकेट, वुडले १७ विकेट र वोक्सले १३ विकेट लिएका छन् । यसैगरी स्पिनर राशिदले ११ विकेट लिएका थिए । 

इङ्ल्यान्डले फाइनलको दौरानसम्म आइपुग्दा ६० विकेट  लिइसकेको छ । यता न्युजिल्यान्डको बलिङ पनि निकै राम्रो रहेको छ । न्युजिल्यान्डले पनि ६० विकेट लिइसकेको छ । तर फाइनलमा न्युजिल्यान्ड आफ्नो कप्तान विलिम्यसनको भरमा रहनेछ तर उता इङ्ल्यान्ड भने पूरै टिमको साथ प्रदर्शन गर्न मैदानमा उत्रने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC