site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय सांसदसँग भाग्दै हिँड्नु परेकाले हैरान छन् उनकै छोरी !
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा एक दलित युवकसँग विवाह गर्ने बरेलीका भाजपा विधायक राजेश कुमार मिश्राकी छोरीले आफूलाई ज्यान मार्ने खतरा भएको बताएकी छन् । साक्षी नामकी ती युवतीले सोसल मिडियामा भिडियो जारी गर्दै उनका बाबुका मानिसहरुले उनी र उनका पति अभिको पीछा गरिरहेको जनाएकी छन् । साथै अभिको परिवारलाई पनि दुःख दिने काम गरिरहेको त्यसमा आरोप छ ।

साक्षीका पिता राजेशकुमार मिश्राले बीबीसीसँगको कुराकानीमा सबै आरोपको खण्डन गरेका छन् । साक्षीका अनुसार उनले अभिसँग प्रेम विवाह गरेकी हुन् । तर उनका बाबुले विवाह स्वीकार गर्न मानेका छैनन् । उनको भनाइ छ कि उनका बाबुले केही मानिस पछाडि लगाइदिएका छन् र भाग्दाभाग्दै उनीहरु हैरान भइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साक्षीका पति अभिले बताएअनुसार उनीहरु जुन होटलमा बसेका थिए, त्यहाँ राजेशकुमार मिश्राका साथी राजीव राणा पनि आफ्ना मान्छेका साथ गएका थिए । अभिले आफू दलित भएकोले साक्षीका पिताले स्वीकार नगरेको आरोप लगाएका छन् । उत्तर प्रदेश विधान सभाको वेबसाइटमा बरेलीका भाजपा विधायक मिश्रालाई ब्राम्हणको रुपमा परिचय दिइएको छ ।

साक्षीका बाबु तथा सांसद मिश्राले भने साक्षी कहाँ छन् भन्ने कुरा आफूलाई थाहा नभएको जनाउँदै उनको घरबाट जो बाहिरिन्छ, उसलाई सम्पर्क गर्ने नगरिएको जनाए । (बीबीसी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय