site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गर्धन तथा ढाड दुख्छ ? बदलिँदो जीवनशैलीको समस्या 
Sarbottam CementSarbottam Cement

काठमाडौ । बदलिँदो जीवनशैलीका कारण पछिल्लो समय गर्धन तथा ढाड दुख्ने समस्या बढ्दै गइरहेको मेरुदण्डरोग विशेषज्ञले बताएका छन् । उनीहरुका अनुसार गर्धन  र ढाड दुख्ने समस्या पछिल्लो समय रुघाखोकीभन्दा दोस्रो नम्बरमा देखिएको छ । 

जीवनशैलीका कारण देखिएको गर्धन र ढाड दुखाइ जीवनशैली परिवर्तन गरेको एक सातासम्ममा निको हुने हुन्छ । तर एक सातासम्म पनि निको नभएमा तुरुन्त मेरुन्डण्ड रोग विशेषज्ञमा उपचारका लागि जानुपर्ने ट्रमा सेन्टरका वरिष्ठ मेरुदण्ड रोग विशेषज्ञ डा.गौरब ढकाल बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“गर्धन  तथा ढाड दुख्दा बिरामीले लापरबाही गर्दा गम्भीर समस्या आउने हुन्छ । लामो समयसम्म यस्तो समस्या आएमा मेरुदण्डको क्यान्सरसमेत हुने खतरा हुन्छ,” उनले भने, “गर्धन र ढाड दुखेर उपचार गर्न आउने बिरामीमा लामो समयसम्म एकै स्थानमा काम गर्ने, कम्प्युटरमा बढी समय बिताउने, लामो समयसम्म उभिएर काम गर्ने, नियमित मोटरसाइकल चढ्ने मानिसमा बढी देखिने गरेको छ ।” यस्ता समस्या ग्रामिण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बसोबास गर्ने मानिसमा बढी देखिने गरेको उनले बताए । 

 “नियमित एक घण्टा व्यायाम गर्ने, कुर्सीमा बसे काम गर्ने मानिसले करिब आधा घण्टा ४५ मिनेटमा उठेर जीउ तन्काउने, मौसमी फलफूल र तरकारी समावेश गर्दा यस्ता समस्या न्यूनीकरण गर्न सकिन्छ,” उनले भने ।

Global Ime bank

त्यसैगरी, जीवनशैलीका कारण देखिएको ढाड तथा गर्धन दुख्ने समस्या, जीवनशैली परिवर्तन गरेमा समाधान गर्न सकिने उनले बताए ।  ढाड तथा गर्धन दुख्ने समस्याको जोखिममा २० वर्षदेखि ५० वर्ष उमेरसमूहका मानिसमा बढी देखिने गरेको छ । तर सुतेर टीभी हेर्ने, निहुरिएर मोबाइल चलाउने, अग्लो सिरानीमा सुत्ने बालबालिका पनि प्रभावित भइरहेका चिकित्सकहरुले बताएका छन् । सहरी जीवनशैली गुणस्तरीय बनाउन सानै उमेरदेखि व्यायाम गर्न बानी बसाल्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गर्धन तथा ढाड दुख्नेलगायतका हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण देखिने जनाएको छ । जसमा २० प्रतिशत अन्य कारणले दुख्ने  हँदा शल्यक्रियासमेत गनुपर्ने अवस्था पुग्ने उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  ०५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC