site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
फेसबुक, ह्‍वाट्‍स एप र इन्स्टाग्राम फेरि 'डाउन'

काठमाडौं ।  सामाजिक सञ्‍जाल फेसबुक, ह्वाट्स एप तथा इन्स्टाग्राममा समस्या देखिएको छ । तीनवटै सामाजिक सञ्‍जालमा समस्या देखिएपछि विश्‍वभरबाट प्रयोगकर्ताहरुले ट्विटरमा गुनासो पोखिरहेका छन्।

डाउन डिरेक्टर वेबसाइटका अनुसार फेसबुक म्यासेन्जरमा फोटो हेर्न, ह्वाट्स एप प्रयोग गर्न र इनस्टाग्राममा भिडियो अपलोड गर्न समस्या देखिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै दक्षिण एसियाका देशहरु भारत, श्रीलंका र नेपालमा समेत यो समस्या देखा परेको छ भने इन्डोनेसिया, मलेसियासमेत फेसबुक डाउन भएको हो ।

कसैको फेसबुक लग इन भइरहेको छैन भने कसैको म्‍यासेन्जर चलिरहेको छैन । केहीको फेसबुकमा न्‍यूज फिडसमेत लोड नभइरहेकोभन्दै ट्विटरमा गुनासो गरेका छन् । 

फेसबुकले ट्विटरमा तीनवटै सञ्‍जाल समस्या आएको बताएको छ । ट्विटरमा भनेको छ, "केही प्रयोगकर्ताहरुले फोटो, भिडियो तथा अन्य फाइलहरु पठाउँदा हाम्रो एपमा समस्या देखाएको भन्दै गरेको गुनासोप्रति सचेत छौं । यस्तो समस्या आएकोमा हामी माफी चाहन्छौं र समस्या समाधानको प्रयास गरिरहेका छौं ।"

We’re aware that some people are having trouble uploading or sending images, videos and other files on our apps. We're sorry for the trouble and are working to get things back to normal as quickly as possible. #facebookdown

— Facebook (@facebook) July 3, 2019

सन् २०१९ भित्रै सामाजिक सञ्‍जाल फेसबुकसहित फेसबुक इन्क कम्पनीका उत्पादनहरूमा प्राविधिक समस्या आएको यो तेस्रो पटक हो । यसअघि पनि तीन महिनाअघि  फेसबुक, म्यासेजिङ एप ह्‍वाट्स एप तथा फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्राम डाउन भएका थिए । 

त्यसअघि मार्चमा पनि प्राविधिक समस्या आएपछि फेसबुकसहित उसका अन्य उत्पादन घण्टौँसम्म डाउन भएका थिए भने कतिपय प्रयोगकर्ताले यसलाई पूर्णरुपमा प्रयोग गर्न सकेका थिएनन् । 

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  २२:५३
प्रतिक्रिया दिनुहोस्