एक वर्षपछि नेकपा दाङले पनि टुंग्यायो एकता प्रक्रिया

 एक वर्षपछि नेकपा दाङले पनि टुंग्यायो एकता प्रक्रिया

दाङ । केन्द्रमा पार्टी एकता भएको झण्डै एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङले पनि एकता प्रक्रियालाई टुंग्याएको छ ।

५ नम्बर प्रदेशका १२ जिल्लामध्ये दाङमा पहिलो पटक पार्टी एकता प्रक्रिया टुंग्याइएको हो । यसअघि नेकपा प्रदेश कमिटीको वैशाख २८ गते बसेको पूर्ण बैठकले प्रदेशका १२ जिल्लामा एकता टुंग्याउने निर्णय गरेको थियो।

बुधबार प्रदेश-५ का मुख्यमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश-५ का इञ्चार्ज शंकर पोखरेलले नेकपा दाङ जिल्लाका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका छन्।

नेकपा दाङका १५५ सदस्यलाई मुख्यमन्त्रीले शपथ ग्रहण गराएका हुन् । उनले पूर्वएमालेबाट ८५ र पूर्वमाओवादीबाट ७० गरी १५५ सदस्यलाई शपथ ग्रहण गराएका हुन।

शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका पोखरेलले पार्टी एकता लामो समयसम्म सरकार चलाउने उद्देश्य मात्रै नभएको भन्दै समाजलाई बदल्ने मुख्य लक्ष्य भएको बताए।

विवेक खड्का

प्रतिकृया दिनुहोस
ad