खेल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टाइकर सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय महिला लिग खेल्न भोलि सोमबार भारत जाँदैछन् । सेतु क्लबमा आबद्ध सावित्रा र अनिता त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सावित्रा भारतीय ८५ हजार रुपैयाँ र अनिता ६५ हजार रुपैयाँमा आबद्ध भएकी हुन् ।
दुबैजनालाई अखिल नेपाल फुटबल संघ एन्फाले आज बिदाइ गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायत एन्फाका पदाधिकारीले उनीहरुलाई बिदाई गरे ।
महिला लिग मे ५ बाट सुरु हुँदैछ । उनीहरु आबद्ध सेतु गत संस्करणको उपविजेता टोली हो । यसअघि माल्दिभ्समा फुटसल खेल्न गएका उनीहरु पहिलो पटक व्यावसायिक लिगका लागि आबद्ध भएका हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६ १५:४२
प्रतिक्रिया दिनुहोस्