site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व–बाग्लुङ खण्ड सञ्चालनमा
Sarbottam CementSarbottam Cement

दाङ । झण्डै तीन महिनादेखि हिउँका कारण बन्द भएको मध्यपहाडी लोकमार्ग मंगलबारदेखि सञ्चालनमा आएको छ । हिउँ हटाएपछि लोकमार्गको रुकुमपूर्व–बाग्लुङ सडक सञ्चालनमा आएको हो । 

यो सडक राष्ट्रिय गौरवको आयोजा हो । सडक हिउँका कारण पुस महिनादेखि बन्द भएको थियो । सात–आठ पटकसम्म लगातार हिउँ परेपछि सडक बन्द भएको थियो । जसले गर्दा यातायात ठप्प रहेको थियो भने सडक निर्माणको काम पनि प्रभावित बनेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

हिउँ अझै नबिलाए पनि मंगलबारदेखि सडक भागको हिउँ हटाएर सडक सञ्चालन गरिएको छ । मंगलबार निर्माण कम्पनीले डोजर लगाएर सडकको हिँउ हटाएको छ । यस सडकखण्डमा अहिले सिद्धिसाइ कन्स्ट्रक्सन कम्पनीले कालोपत्रेको काम गर्दैछ । तीन महिनासम्म यो सडकमा आवतजावत बन्द भएको निर्माण कम्पनीका इन्चार्ज पुष्पकुमार शाहीले जानकारी दिए ।

सडक बन्द हुँदा रुकुमपूर्वका नागरिक काठमाडौं जान रुकुमपश्चिम वा रोल्पा हुँदै दाङ–बुटवलको बाटो प्रयोग गर्न बाध्य थिए । दाङ झरेर भन्दा रुकुमपूर्वबाट मध्यपहाडी लोकमार्ग हुँदै झण्डै दुई सय किलोमिटर सडक छोटो पर्दछ । यो सडकबाट बाग्लुङ–पोखरा हुँदै छोटो दूरीमै काठमाडौं पुगिन्छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC