site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बीपीएलमा सन्दीपको तेस्रो खेल शनिबार, कस्तो रहला प्रदर्शन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम सिलेट सिक्सरले आफ्नो तेस्रो खेल शनिबार ढाका डाइनामाइट्ससँग खेल्दैछ । ढाकास्थित शेरे बंगला राष्ट्रिय रंगशालामा हुने खेल साँझ ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

यसअघि दुई खेल खेलेको सिक्सरले एकमा जित र एक खेलमा हार बेहोरेको छ । त्यस्तै, समान दुई खेल खेलेको डाइनामाइट्सले दुवै खेलमा जित निकालेको छ । एक खेलमा जित निकाल्न सफल सिक्सर २ अंकसहित चौथो स्थानमा रहेको छ भने डाइनामाइट्स ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सन्दीप यसअघिका दुवै खेलमा सिक्सरको पहिलो रोजाइको खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । उनले पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप दोस्रो चितागोङ भिकिन्सविरुद्धको खेलमा कसिलो बलिङ गर्दै कम खर्चन सफल भएपनि विकेटविहीन रहे । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चे ।

बीपीएलमा ८ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका सन्दीपको तेस्रो खेलमा प्रदर्शनमा सुधार अपेक्षा उनका प्रशंसकले गरेका छन् । बिग बास खेल्न अस्ट्रेलिया पुगेका सन्दीप जनवरी १ मा बंगलादेश फर्किएका थिए । उनले अस्ट्रेलियामा रहँदा मेलबर्न स्टारबाट ४ खेल खेल्दै ८ विकेट लिएका थिए । तीन चरणका खेलसम्म सन्दीप सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा थिए ।

Global Ime bank

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स (तत्कालिन दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले मे महिनापछि विश्वका विभिन्न फ्रेन्चाईज ट्वान्टी—२० प्रतियोगितामा आफ्नो उपस्थिती अनिवार्य जस्तै बनाइसकेका छन् ।

क्यारेबीयन प्रिमियर लिग, क्यानडाको ग्लोवल टि—२० खेलिसकेका छन् भने अफगानिस्तान प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा पनि आवद्ध भइसकेका छन् । बिग बास खेलिसकेका सन्दीपलाई दिल्ली क्यापिटल्सले यो सिजनका लागि रिटेन गरिसकेको छ । बंगलादेशमा रहेका सन्दीप जनवरी २५ देखि सुरु हुने नेपाल र युएईबीचको एकदिवसीय र ट्वान्टी—२० शृंखलाका लागि युएई पुग्नेछन् ।

नपाल र युएईबीचको शृङ्खला लगत्तै सन्दीप पुनः बंगलादेश अथवा अस्ट्रेलिया फर्किनेछन् । बीपीएलमा सिक्सर प्लेअफ पुगे बंगलादेश फर्किने छन् भने समूह चरणबाट बाहिरिए बिग बास खेल्न अस्ट्रेलिया फर्किनेछन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC