site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानसेनापति भारत जाँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी जनवरी महिनाको ११ तारेखका दिन भारत भ्रमणमा जाने भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सोमबार जनाएको छ । 

उनले सो अवसरमा भारतका राट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको सम्मानार्थ महारथीको पदवी ग्रहण गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र भारतबीच सन् १९५० देखि नै एक अर्का देशका सेनापतिले सम्मानार्थ महारथीको पद ग्रहण गर्ने चलन रहेको छ । यसअघि भारतका प्रधानसेनापति विपीन रावतले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग यसै खालको सम्मानार्थ महारथीको पद गएको जुलाई महिनामा ग्रहण गरेका थिए । 

प्रधानसेनापति थापाले भारतमा रहँदा त्यहाँका रक्षामन्त्री निर्मला सीतारमणसँग समेत भेट्नेछन् । ६ दिने भ्रमण सकेर प्रधानसेनापति जनवरी १६ तारेखका दिन स्वदेश फर्कने पीटीआईको सो समाचारमा उल्लेख छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement