site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

काठमाडौँ, रासस । कृषि क्षेत्रमा हुने खडेरीसँग जुध्न यससम्बन्धी सूचनाको आदानप्रदान र कृषि बालीको विविधिकरण आवश्यक रहेकामा जोड दिइएको छ । 

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९इसिमोड० द्वारा यहाँ आयोजित खाद्य सुरक्षा र कृषिको नीतिगत तहमा भौगोलिक अन्वेषण र जलवायुको सेवासम्बन्धी तीनदिने क्षेत्रीय सम्मेलनमा यस क्षेत्रका विज्ञहरुले सो धारणा व्यक्त गरेका हुन् । 
उनीहरुले दक्षिण एशिया र दक्षिण पूर्वी एशिया क्षेत्रमा खाद्य सुरक्षा र कृषिको मुख्य चुनौती खडेरी भएको र यससँग जुझ्ने उपायका सम्बन्धमा भएका अनुसन्धानको बारेमा प्रस्तुति गरे ।  कार्यक्रममा विज्ञहरुले सुख्खायाममा हुने खडेरीको समाधानका लागि पूर्वतयारी र सोही अनुसारको कृषि प्रणालीमा विविधीकरण गर्न सकिने बारेमा सुझाव दिए । 
सम्मेलनमा खडेरीसँग जुध्न तत्कालीन र दीर्घकालीन समाधानको उपायका साथै पूर्व तयारीका बारेमा समेत विभिन्न सत्रमा छलफल भइरहेको इसिमोडको ‘सर्भिएर’ कार्यक्रमका संयोजक वीरेन्द्र बज्राचार्यले बताए । 
सम्मेलन खडेरीबाट जुध्न वैज्ञानिक तरिकाले अध्ययन गर्ने र नीतिगत सरकारी निकायलाई सुझाव दिने उद्देश्यले आयोजना गरिएको हो । सम्मेलनमा अनुुसन्धानकर्ताले खडेरीको सामना गर्न अन्तरिक्षमा आधारित तथ्याङ्कको प्रयोग र उपयोगिताको आवश्यक रहेकामा जोड दिए । मुलकबीच आपसी सहयोग र समन्वयका बारेमा पनि छलफल भएको छ । 
यही असोज २२ देखि २४ सम्म चल्ने सम्मेलन मुख्य रुपमा यस क्षेत्रका सूचना सङ्कलन, आदानप्रदान र उपयोगमा लाभदायी हुने आयोजकको अपेक्षा छ । नासा, युएसआइडीलगायत निकायको सहयोगमा भएको सम्मेलनमा १५ देशका १०० भन्दा सम्बन्धित सरकारी अधिकारी, अनुसन्धानकर्ता, वैज्ञानिक, विश्वविद्यालयका पदाधिकारीलगायतको उपस्थिति छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro