site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसको समस्या समाधानमा कांग्रेसले पहल गर्ने : वरिष्ठ नेता पौडेल

महोत्तरी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसको समस्या समाधानमा नेपाली कांग्रेसले पहल गर्ने बताएका छन्। 

महोत्तरीको सदरमुकाम जलेश्वरमा आज जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसले मधेसको समस्या चाँडै संविधान संशोधनमार्फत समाधान गर्नेमा जोड दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेता पौडेलले मधेसी जनताले गरेको आन्दोलनको कदर गर्दै नेपाली कांग्रेसले जायज माग, मुद्दा र समस्यालाई संविधान संशोधनमार्फत समाधान गर्न तत्पर रहेको छ भन्दै त्यसका लागि आवश्यक तयारी पनि भइरहेको चर्चा गरे । 

उनले मधेसको मुद्दा र समस्या समाधान गर्नका लागि नेपाली कांग्रेसले तराई मधेस अभियान चलाएको र सो अभियानमा प्रत्येक तराईका जिल्लाबाट सुझाव सङ्कलन गरेर संविधान संशोधन गर्न उचित कदम चाल्ने प्रतिबद्धता प्रकट गरे । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  १६:०८
प्रतिक्रिया दिनुहोस्