site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपछिको पुनःनिर्माणलगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै आज कडा निर्देशन दिएका छन् ।

राससका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुदेवीसहित विभिन्न मन्त्रालयका सचिवलाई बोलाई उनले सरकारको प्राथमिकता र जनजीविकाका सवालमा परिणाममूलक काम गर्न निर्देशन दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि प्रधानमन्त्री दाहालले गत साउन २३ गते सरकारको बजेट, नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तत्कालीन सुधारका कार्ययोजना ल्याउन निर्देशन दिएका थिए । सरकारले संविधानको कार्यान्वयन, पुनःनिर्माण, निर्वाचनसम्बन्धी कानुन निर्माणलगायतमा प्राथमिकता दिँदै आएको छ ।

प्रधानमन्त्री दाहालका प्रशासकीय सल्लाहकार नारायण दाहालले परिणाममूलक कामका लागि तत्काल कदम चाल्न कडा निर्देशन दिनुभएको पत्रकारहरुलाई बताए । “जुन ढङ्गले काम हुनुपथ्र्याे, त्यो रुपमा भएन, यसका लागि मेरो कार्यालयबाट के सहयोग चाहिन्छ गरिन्छ तर सन्तोषजनक रुपमा काम हुनुपर्छ,” प्रधानमन्त्री दाहालले भनेका थिए । आफ्ना निर्देशन पालनाबारे प्रधानमन्त्री कार्यालयबाट अनुगमनसमेत गरिने प्रधानमन्त्रीले जनाएका थिए ।

Global Ime bank

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्रीमा नियुक्त भएको ४५ दिनभित्र भूकम्पपीडितको निजी आवास निर्माणको अनुदान पीडितको हातमा पुर्याउन र तीन महिनाभित्र ग्रामीण भेगमा चिकित्सक पठाई सेवा दिन निर्देशन दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC