site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मंगलबारसम्ममा संविधान संशोधनको प्रस्ताव दर्ता हुन्छः कानुनमन्त्री 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले मंगलबारसम्ममा संविधान संशोधन विधेयक व्यस्थापिका संसदमा दर्ता हुने बताएका छन् । आइतबार भृकुटिमण्डपमा भएको एक कार्यक्रममा कानुन मन्त्री नायकले सोमबार वा मंगलबारसम्ममा राजनीतिक दलहरुबीचको सहमतिमा संविधान संशोधन विधेयक व्यवस्थापिका संसद्मा दर्ता हुने बताएका हुन् । कानुन मन्त्री नायकले भने, ‘संविधान संशोधन विधेयक दर्ता गराउने विषयमा दलहरु सहमति नजिक पुगेका छन्, सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन विधेयक व्यवस्थापिका संसद्मा सोमबार वा मंगलबारसम्ममा दर्ता हुने सम्भावना छ ।’  
मन्त्री नायकले सबै राजनीतिक दलको सहमतिमै स्थानीयन निकायको निर्वाचन हुने बताए । पहिलो र दोस्रो संविधानसभाको निर्वाचन सबै राजनीतिक दलबीचको सहमतिमा भएको स्मरण गराउँदै उनले सबै राजनीतिक दल मिलेर निर्वाचनमा जाने स्पष्ट पारे । स्थानीय तहको निर्वाचनमा जानुपर्ने विषयमा सबै राजनीतिक दलहरु एकमत रहेको उनको भनाई थियो ।
स्थानीय निकाय पुर्नसंरचना आयोगको प्रतिवेदनलाई मिलाएर राजनीतिक सहमतिमा अगाडि बढ्दा उपयुक्त हुने बताउनुहुँदै उनले स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा हुने दोहो¥याएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७३  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC