site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विद्यार्थीलाई सिर्जनशील बनाउन अहिलेको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन् । 
आईतबार लेखक रविराज बसौलाले लेखेको ‘बालमैत्री’ नामक कृतिको विमोचन गर्दै मन्त्री कार्कीले भने– “विद्यार्थीको जग भनेको प्रारम्भिक तहको शिक्षा हो, यसलाई रचनात्मक बनाउनुपर्छ, विद्यार्थीलाई अप्ठेरो प्रश्न सोधेर असफल बनाउनु हुँदैन, उनीहरुले जानेको कुराबाट पनि परीक्षा लिन सकिन्छ ।”
समाजको विषमता हटाउन कलमको आवाज र चेतनाको उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री कार्कीले भने,‘अबका बालिबालिकाले बन्दुक उठाउन नपरो ।’ बालबालिकाको ग्रहणशील गर्न सक्ने क्षमता अत्यधिक हुने हुँदा उनीहरु पनि ज्ञानको स्रोत हुन सक्ने उनको भनाई थियो । 
त्यस्तै कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सचिव दिनेश थपालियाले बालमैत्री समाज निर्माण गर्नका लागि पुस्तक उपयोगी रहेको विचार व्यक्त गरे । 
लेखक विनय कसजू, गीता त्रिपाठीलगायतले बालबालिकाको समस्यामाथि समाजको ध्यान आत्कृष्ट गराउन कृति महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७३  १५:११
प्रतिक्रिया दिनुहोस्