बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राप्रपा नेपालको केन्द्रीय कार्य समितिको पूर्ण बैठक स्थगित
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, मंसिर ४, २०७३
Laxmi Bank
Laxmi Bank

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पोखरामा हुने भनिएको केन्द्रीय कार्य समितिको पूर्ण बैठक स्थगित भएको छ ।

यही मङ्सिर ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको उक्त बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुन लागेको एकीकरणका लागि स्थगित भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

Duber nepal

Agani Group

यही मङ्सिर ६ गते प्रज्ञा भवनमा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको घोषणासभा गर्नु परेकाले आफ्नो पार्टीको केन्द्रीय कार्य समितिको पूर्ण बैठक तथा भ्रातृ सङ्गठनको महाधिवेशन स्थगित गरिएको पार्टीले जनाएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार आइतबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक भने काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

त्यसैगरी, बैठक दुई पार्टीकाबीच हुन लागेको एकीकरणका बारेमा छलफल गरी  एकीकरणको प्रयासका लागि विभिन्न क्षेत्र तथा स्थानबाट भएको सहयोगको मूल्याङ्कन गर्दै सैद्धान्तिकरुपमा उक्त सहमति पारित गर्नेछ । रासस

Nepal Investment bank
Nepal Investment bank
शनिबार, मंसिर ४, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्