site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

पर्सा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै अहिले मुलुकको प्रमुख कार्यभार भएको बताएका छन् ।  

नेपाल प्रेस युनियन पर्साले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – संशोधनको माध्यमवाट संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्दछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेता पौडेलले संंविधान कार्यान्वयनमा देखिएका चुनौतीलाई सम्बोद्धन गर्नु सबै राजनीतिक दलको साझा कर्तव्य भएको उल्लेख गर्दै भने, “संविधान कार्यान्वयनका लागि स्थानीय तहलगायत तीन तहको निर्वाचन गर्नु आवश्यक छ तर निर्वाचनको वातावरण बनाउनका लागि संविधान संशोधन गरेर मधेसी, आदिवासी, जनजातीका गुनासालाई सम्बोधन गर्नु आवश्यक रहेको छ ।” 

मुलुकका विद्यमान राजनीतिक विवादलाई कम गर्न तथा राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन आफू तराई– मधेस संवाद अभियानमा हिँडेको चर्चागर्दै उहाँले यो अभियानले संविधान संशोधन गरेर मुलुकको बिधमान राजनीतिक समस्या समाधानमा सहयोग पुरियाउने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७३  १३:३६
प्रतिक्रिया दिनुहोस्