site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पाँच नम्बर प्रदेश छुट्याउन पाइदैनः अध्यक्ष ओली

लुम्बिनी । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउन नहुने बताएका छन् ।  

प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाँच नम्बर प्रदेश छुट्याउनुपर्ने कुनै पनि माग जनताले नराखेकाले छुट्याउन नहुने बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष ओलीले पहाड र मधेसका जिल्ला जोडिएकै कारण पाँच नम्बर प्रदेशलाई छुट्याउनु पर्दछ भन्ने जबर्जस्ती माग कतिपय पक्षको छ, अध्यक्ष ओलीले भने, “मैले सोध्ने गरेको छु, यो माग कसको हो, पाँच नम्बर प्रदेशलाई किन छुट्याउनुपर्छ, यसबाट के प्राप्त हुन्छ, यी प्रश्नको उत्तर बिना आएको यो मागको सर्मथन कसरी गर्ने ।” 

उनले प्रदेश नम्बर पाँचलाई कुनै पनि हालतमा छुट्याउन नसकिने उल्लेख गर्दै यस्ता मागका पछाडि नलाग्न सबैमा आग्रह गरे । 

अध्यक्ष ओलीले कुनै पनि मुलुकमा अङ्गिकृत नागरिकताधारीले संवैधानिक अङ्गको प्रमुख बन्न पाउने प्रावधान नभएकाले नेपालमा पनि अङ्गिकृत नागरिकताधारीलाई संवैधानिक अङ्ग प्रमुख बनाउन नसकिने स्पष्ट पारे । रासस 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७३  १३:१६
प्रतिक्रिया दिनुहोस्