site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपालका सन्दर्भमा कुरै नबुझी त्यसै जथाभावी समाचार र विचार छापेर भारतीय जनतामा नेपालको गलत छवि प्रस्तुत गर्ने आरोप लागेको भारतीय मिडियाले फेरी एकपल्ट आफ्नो गैर जिम्मेवारीपन देखाएको छ । 
पाकिस्तानका लागि भारतीय उच्चायुक्तको पदमा रहेर काम गरिसकेका गोपाला स्वामी पार्थसारथीले नेपाल र भारतको सम्बन्धका बारेमा भारतीय पत्रिका दि हिन्दु अन्र्तगतको बिजनेसलाइन न्युज साइटमा प्रकासित लेखमा ओलीलाई ‘माओवादी’ भनि उल्लेख गरेका छन् । ओलीलाई माओवादी भन्नु र भारतीय प्रधानमन्त्री मोदीलाई शिवसेनाका प्रमुख भन्नु करिब उस्तै कुरा हुन भनेर यी लेखकले मात्र नबुझेका होइनन्, सो विचार प्रकाशित गर्ने डेस्क र सम्पादकले समेत बेवास्ता गरेको देखिएको छ । 
एमाले अध्यक्ष ओलीलाई ति पूर्व भारतीय कुटनीतिज्ञले ‘भारत चिढ्याउने, चाइना ढल्केका माओवादी प्रधानमन्त्री केपी शर्मा ओली’  भनेर चित्रित गरेका छन् । 
नेपालको प्रधानमन्त्री भइसकेका व्यक्तिका बारेमा भारतीय कुटनीतिज्ञले, ‘टाइम टु कन्सोलिडेट टाइज विथ नेपाल’ शीर्षकको लेखमा त्यस्तो गलत परिचय लेखेका हुन् । सो लेखमा ओलीलाई ‘भारत चिढ्याउने, चाइना ढल्केका माओवादी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए...’ भनी उल्लेख गरिएको छ ।
दि हिन्दुको अनलाइन संस्करणमा बिहीबार प्रकाशित आलेखमा यस्तो उल्लेख गरिएको छ । 
भारतीय मिडियाले बारम्बार नेपालका सन्दर्भमा तथ्य नबुझी एकोहोरो समाचार प्रकाशित गर्नाले भारतीय जनतामा नेपालको विषयमा गलत प्रभाव पर्दै आएको छ । गतवर्ष भूकम्पको बेलामा पनि भारतले सहयोग गर्न भनि पठाएको हेलिकप्टरमा सामान नलगी भूकम्प ग्रसित क्षेत्रमा केवल पत्रकार पु¥याएर नेपाल सरकारले केही गर्न सकेन भन्ने समाचार सम्प्रेषण भएको र त्यसबेला नेपालीहरूले भारतीय मिडियालाई फिर्ता जाउ भनि सामाजिक संजालमा आन्दोलन नै चर्काएका थिए । त्यसबेला भारतका जिम्मेवार र विद्वान व्यक्तिले भारतीय मिडियालाई भारत पनि नफर्क भनेर व्यंग्यात्मक टिप्पणी पनि गरेका थिए ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC