बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संविधान संशोधन नेपाली जनताको माग होइन: ओली
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, मंसिर २, २०७३
Laxmi Bank
Laxmi Bank

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गरेका छन् ।

एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको यहाँ आज समापन गर्दै नेता ओलीले संविधान कार्यान्वयन र निर्वाचनमा ओझेल पार्ने र नेपालीको समृद्धिको यात्रालाई रोक्न संशोधनको माग आएको जनाए । उनले भने, “पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट ? हामीले संविधान जारी गर्दा नै २ नम्बर प्रदेशमा एक प्रकारको सम्झौता भइसकेको छ । अब संशोधनको आवश्यकता छैन । नेपालीलाई अल्मल्याउन, एकपछि अर्को गर्दै फसाउन सकिन्छ भनेर सोच्नु ठीक होइन ।”

Duber nepal

Agani Group

वैवाहिक नागरिकताका सम्बन्धमा खुकुलो प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले  संशोधन गर्ने हो भने त्यसलाई कडाइ हुनसक्ने तर्क गर्दै देशलाई गम्भीर नोक्सान नहुने ठाउँमा मात्र आफ्नो दलले सहमति दिइने जनाए ।

आफ्नो नेतृत्वको सरकार हुँदा समृद्धिका प्रयास थालनी गर्दा अनुचित हस्तक्षेप गरेर सत्ता परिवर्तन गरिएको गुनासो गर्दै उहाँले नेपाली जनताका मूर्छित सपनालाई ओइलाउन नदिने कामलाई जनताको बहुदलीय जनवादको जगमा जारी राखिने बताए।

एमाले स्कुल विभागका उपप्रमुख शङ्कर पोखरेलले प्रशिक्षणका कार्यलाई पार्टी पङ्क्तिमा थप विस्तार गरिने जानकारी दिए । चौतारीका अध्यक्ष गणेश बस्नेतले आफ्नो सङ्गठनले विचार र व्यावसायिकतालाई एकसाथ लाने बताए । रासस

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, मंसिर २, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्