site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वास्थ्यमन्त्री गगन थापाको प्रश्न– राम्रो काम गर्न खोज्नु मेरो अपराध हो ? मैले मैदान खाली गरे समस्या समाधान हुन्छ त ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई सरकारले क्यान्सरको उपचारका लागि भन्दै ५० लाख रुपैयाँ दिने निर्णय गरेपछि सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री गगन थापालाई राजीनामा दिन थुप्रै सुझाव आए ।
विशिष्ट व्यक्तिको उपचारका लागि सरकारले उपलब्ध गराउँदै आएको रकम अव्यवस्थित र दुुरुपयोग भएको भन्दै कार्यविधि तयार पारेर मन्त्रिपरिषद्मा पुर्याएका मन्त्री थापालाई सुजाता कोइरालालाई सरकारले ५० लाख दिएपछि नैतिकताका आधारमा राजीनामा गर्न सामाजिक सञ्जालमा निकै दबाब आयो ।
“मैले विशिष्ट व्यक्तिको उपचारमा हुने खर्च व्यवस्थित होस् भनेर कार्यविधि बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुर्याएको छु । त्यो कार्यविधि अब आउने बैठकमा पारित हुन्छ । पारित हुनैपर्छ भनेर लागेको छु,” बाह्रखरीको जिज्ञासामा स्वास्थ्यमन्त्री थापाले भने, “सुजाता कोइरालालाई कार्यविधि बनाइएको छैन भनेर दिइयो । त्यो गलत हो भनेर मैले भनेको छु । यो सोच राख्नु, नियम र कानुन नै बनाएर मात्रै उपचार खर्च उपलब्ध गराउन खोज्नु मेरो अपराध हो ? यो कार्यविधि बनाएर मैले मैले गल्ती गरेँ त ?”
उनले आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभन्दा अघि धेरै मानिसले यसरी सुविधा लिएको भएर नै आफू कार्यविधि बनाउन लागिपरेको बताए ।
“यो भन्दा पनि पहिले दर्जनौं मानिसले लिए, कैयौं नेताहरुले लिएका छन्,” थापाले भने, “तर मैले यसलाई निरन्तरता दिन चाहिनँ । त्यो परम्पराको अन्त्य हुनुपर्छ भनेर लागेँ । त्यसो भए यस्तो अवस्थामा मैले के गर्ने त ? यो फेर्नुपर्छ भन्नु बेठिक हो त ?”
उनले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि थुप्रै विषयमा जोखिम उठाएर काम गर्नुपरेको बताए । “मेडिकल कलेजको सिट संख्या निर्धारण, भर्ना प्रक्रियालगायत धेरै विषयमा जोखिम लिएर निर्णय लिनुपरेको अवस्था छ,” थापाले भने, “अन्य सबै कुराजस्तै यो विषय पनि यही हो । यो अवस्थामा के गर्नुपर्ने त ? म एउटा प्रवृत्तिसँग जुधिरहेको छु । त्यस्तो प्रवृत्तिका विरुद्ध लडिरहेको  मान्छेले मैदान छाडिदिए समस्याको समाधान होला त ?”
उनले कार्यविधि मन्त्रिपरिषद्बाट पारित गराएर उपचार खर्च व्यवस्थित बनाएरै छाड्ने दृढता पनि व्यक्त गरे ।
थापाले अहिलेसम्म धेरै पार्टीका धेरै नेताले यसैगरी रकम लिएको पनि बताए ।
“सुजाता कोइराला नै यो सुविधा लिने पहिलो होइन,” थापाले भने, “यो पार्टी र त्यो पार्टी भन्ने छैन । पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपति लगायत थुप्रैले यो सुविधा लिएका छन् । अहिले त्यसलाई रोक्न लागिएको हो ।”
थापाले राज्यको स्रोत प्रयोग गर्ने विषय महत्वपूर्ण भएकाले यसलाई व्यवस्थित गर्न लागिएको बताए ।
“राज्यको स्रोत प्रयोग गर्दा सबै कुरामा ध्यान दिनुपर्छ भन्ने मान्यता राखेर हिँडेको छु,” उनले भने, “पहिलो संविधानसभाले दुई वर्षमा संविधान जारी गर्न नसकेपछि मैले त्यसपछिका दुई वर्षको पारिश्रमिक समेत लिइनँ । राज्यको स्रोत प्रयोग गर्ने विषयमा कार्यविधि बनाउनैपर्छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC