site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेत र उपाध्यक्षमा उत्तम चापागाईं चयन भएका छन् । शनिबारदेखि पोखरामा जारी तरुण दलको चौथो महाधिवेशनले भुपेन्द्रजंग शाहीलाई महामन्त्री बनाएको छ । यसैगरी कोषाध्यक्षमा विद्वान गुरुङलाई चयन गरिएको तरुण दलका एक नेताले जानकारी दिए । 
अध्यक्ष बस्नेत र कोषाध्यक्ष पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । महासचिव शाही नेता रामचन्द्र पौडेल पक्षबाट प्रस्ताव गरिएका हुन् । महामन्त्रीको दाबेदारको रूपमा रहेका विपि नाती सिद्वार्थ कोइरालालाई पछि पार्दै शाही महामन्त्री बनेका हुन् । 
यसैगरी नेताहरुबीचको भागबण्डामा उपाध्यक्ष पाएको कांग्रेस नेता कृष्ण प्रसाद सिटौला पक्षले पनि सो पदमा उत्तम कुमार चापागाईंलाई प्रस्ताव गरेको सिटौला निकट एक तरुण नेताले जानकारी दिए ।  
पदाधिकारी चयनबारे बुधबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराइने एक नेताले बताए । महाधिवेशनले ७५ कार्यसमिति वृद्वि गर्दै ९५ सदस्यीय बनाएको ती नेताले बताए । बाँकी कार्यसमितिको चयन काठमाडौं आएर गरिने भएको छ । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC