site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा पनि कार्यान्वयनतर्फ राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी इलामले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले तीन दलको एकताबिना संविधान कार्यान्वयन असम्भव छ, अहिलेको आवश्यकता संविधान कार्यान्वयन भएकाले यसतर्फ अघि बढ्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अङ्गीकृत नागरिकता प्राप्त व्यक्तिलाई राज्यका मुख्य जिम्मेवारी दिनका लागि संविधान संशोधन हुनै नसक्ने ठोकुवा गर्दै उनले यत्तिका लागि संविधान संशोधन गर्नुको कुनै तुक नभएको विचार व्यक्त गरे ।

नेता खनालले नेपालको संविधान परिवर्तनशील, देशभक्तिपूर्ण, लोकतान्त्रिक चरित्रवान, समाजवाद उन्मुख भएकाले विश्वकै उत्कृष्ठ संविधान भएको दाबी गरे । ‘यो संविधान विश्वकै उत्कृष्ठ हो, कुनैपनि देशमा ९० प्रतिशत सभासद्ले हस्ताक्षर गरेको संविधान छैन्, जुन नेपालमा मात्र छ’, उनले भने ।

तीनखम्बे अर्थनीति, विदेश नीति, नयाँ राजनीतिक पद्दति, सांस्कृतिक विविधता अहिलेको संविधानको मुख्य परिकल्पना रहेको उनको भनाइ थियो ।संविधान कार्यान्वयन नहुँदा मुलुकमा संवैधानिक सङ्कट आउने बताउँदै उनले पहिले कार्यान्वयनमा लाग्नु नै अहिलेको आवश्यकता भएको बताए । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १८:५५
प्रतिक्रिया दिनुहोस्