site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरा । नेपाल तरुण दलको जारी चौथो महाधिवेशनको आज चौथो दिन निर्वाचन प्रक्रिया बढ्ने भनिए पनि नेताहरूबीच छलफल जारी रहेका कारण प्रक्रिया नबढेपछि देशभरबाट आएका महाधिवेशन प्रतिनिधि अन्यौलमा परेका छन् ।

निर्देशन समितिले सोमबार निर्वाचन प्रक्रियामार्फत नै सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्ने जनाए पनि आज दिनभर प्रक्रियाको थालनी नहुँदा अब के हुने भन्ने बारेमा महाधिवेशन प्रतिनिधि महाधिवेशनको बन्दसत्रस्थल पोखरा सभागृहमा अन्यौलमा देखिन्थे । निर्वाचन प्रक्रिया सुरु गर्नका लागि दलको संशोधित विधान आउने भनिए पनि निर्देशन समितिबाट विधान प्राप्त नभएका कारण निर्वाचन कार्यतालिका सार्वजनिक गर्न नसकिएको निर्वाचन समितिका संयोजक बाबुराजा जोशीले जानकारी दिए । नेतृत्वका लागि शीर्षनेताबीच छलफल जारी रहेका कारण चाँडै नै निष्कर्ष आउने बताइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १८:५१
प्रतिक्रिया दिनुहोस्