राजनीति
काठमाडौं । विशेष अदालतले माओवादी केन्द्रका सांसद ल्हारक्याल लामालाई अकुत सम्पति आर्जन मुद्दामा सफाई दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३० मा लामाविरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अन्तिम सुनुवाई गर्दै विशेष अदालतले मंगलवार भ्रष्टाचारको मुद्दामा सफाई पाउने ठहर गरेको हो । लामाले अवैध रुपमा आर्जन गरेको भनि अख्तियारले दावी गरेको सम्पति भन्दा धेरै सम्पतिको स्रोत पुष्टि गरेको भन्दै विशेषले सफाई दिने फैसला सुनाएको हो । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई न्यायाधीशहरु प्रभा वस्नेत र महेशप्रसाद पूडासैनीको इजलाशले लामालाई निर्दोष रहेको फैसला सुनाएको हो । विभिन्न समयमा लिएको राजनीतिक नियुक्तिबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ १७:५७
प्रतिक्रिया दिनुहोस्