site stats
खेल
पाँच रेफ्री र सात असिस्टेन्ट रेफ्रीहरुले पाए फिफा ब्याच

काठमाडौं । नेपालका पाँच फिफा रेफ्री र सात असिस्टेन्ट रेफ्रीहरुले बिहीबार सन् २०२३ को फिफा ब्याच प्राप्त गरेका छन् ।

रेफ्रीहरु अन्जना राई, नविन्द्र महर्जन, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री र प्रकाशनाथ श्रेष्ठले फिफा रेफ्री ब्याच पाएका हुन् । यस्तै, राधिका शाक्य, नानिराम थापामगर, माधव केसी, युनल मल्ल, सहदेव श्रेष्ठ, विक्रम चौधरी र किशन कनैया यादवले फिफाको असिस्टेन्ट रेफ्री ब्याच पाएका हुन् । 

S.A.U
Agani Group

उनीहरुलाई सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच एन्फा वरिष्ठ उपाध्यक्ष बिरबहादुर खड्का, महासचिव किरण राई र एन्फा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले फिफा ब्याच वितरण गरे । 

कार्यक्रममा रेफ्री संघका महासचिव बलराम थापा, कोषाध्यक्ष सचिन अमात्य र सदस्य शैलेश जोशीको पनि उपस्थिति थियो ।
 

Global bank

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय