site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चेक राष्ट्रपति पावेल भन्छन्– युद्ध सकिएलगत्तै युक्रेनलाई नेटोमा प्रेवेश गराउनुपर्छ
Tiktok banner adTiktok banner ad

प्राग । नवनिर्वाचित चेक राष्ट्रपति पेटर पावेलले युद्ध सकिएलगत्तै युक्रेनलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा प्रवेश गर्न अनुमति दिइनुपर्ने बताएका छन् । नेटोका पूर्व महासचिवसमेत रहेका पावेलले द्वन्द्व सकिना साथ 'पश्चिमी गठबन्धन'मा प्रवेश गर्न युक्रेन नैतिक र व्यवहारिक रूपमा तयार रहेको बताएका छन् । 

चुनावपछि पहिलोपटक प्राग किल्ला नजिकको जान्स्की प्यालेसबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिइएको अन्तर्वार्तामा जनरल पावेलले भनेका छन्, “म किभलाई प्राप्त पश्चिमी सैनिक सहयोगको कडा प्रतिरक्षा गर्छु । कुन कुन मुलुकले युक्रेनलाई सहयोग गर्न सकिन्छ भनेबारे करिब करिब कुनै पनि सीमा हुनु हुन्न । मेरो विचारमा पश्चिमी लडाकु विमान जस्तै एफ–१६ किभमा पठाइनु कुनै गैरकानुनी कुरा होइन । तर ती विमानहरू किभलाई लाभकारी हुनेगरी समय भित्रै आपूर्ति हुन्छन् भन्नेबारे म विश्वस्त छैन ।"

हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा एफ–१६ लडाकु विमान नपठाइने बताएका छन् । चेक राष्ट्रपति पावेलले आफ्नो मुलुक युक्रेनलाई महत्त्वपूर्ण सैन्य मद्दत गर्ने पहिलो मुलुक बनेकोमा गौरव लागेको पनि बताएका छन् ।

किभलाई ट्याङ्क र स्थल युद्धमा प्रयोग हुने सोभियतकालको डिजाइनमा आधारित सवारी साधन टी–७२ र बीएमपी१ उपलब्ध गराउने चेक गणतन्त्र पहिलो पश्चिम मुलुक बनेको थियो । चेकले सन् २०२२ को र्माचको सुरुदेखि नै युक्रेनमा हेभी हतियारहरू ओसार्न थालेको थियो । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro