site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई विश्वविद्यालयमा प्रम मोदीमा आधारित बीबीसी वृत्तचित्र प्रदर्शनी रोकिए
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी र सन् २००२ मा गुजरातमा भएको भयानक हिंसात्मक साम्प्रदायिक दंगामा उनको भूमिकालाई लिएर तयार पारिएको बीबीसी वृत्तचित्र प्रदर्शन गर्ने विषयमा भारतका दुईवटा चर्चित विश्वविद्यालयमा तनाव सुरु भएको छ ।

सो वृत्तचित्र प्रदर्शन गरिनुअघि नै राजधानी नयाँदिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयमा विद्यार्थीहरुलाई प्रहरीले हिरासतमा लिएको सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी मंगलबार दिल्लीस्थित अर्को एउटा विश्वविद्यालयका विद्यार्थीहरुले वृत्तचित्र हेर्न नसकुन् भने विद्युत् लाइन र इन्टरनेट काटिएको गुनासो गरेका थिए ।

Agni Group

भारत सरकारले यस वृत्तचित्रमा वस्तुनिष्ठताको अभाव भएको र यो प्रोपोगान्ड मात्रै भएको जनाएको छ । यसले युट्युब र ट्विटरमा यस वृत्तचित्रको प्रदर्शनलाई रोक्नका लागि आपतकालीन कानुनको आह्वान गरेको बीबीसीले लेखेको छ ।

जामिया विश्वविद्यालयमा दर्जनौँ दंगा प्रहरी तैनाथ गरिएको छ भने त्यहाँका कर्मचारीहरुले पनि अनाधृकित रुपमा जमघट हुने अनुमति नदिइने बताएका छन् । क्याम्पस हातामा रहेका बीबीसी हिन्दीका एकजना पत्रकारले विश्वविद्यालयका ढोकाहरु बन्द गरिएको र त्यहाँको वातावरण अहिले शान्त रहेको बताइएको जानकारी दिएका छन् । तर, विश्वविद्यालयबाहिर विद्यार्थी र पत्रकारहरुको ठूलै भिड देखिन्छ ।

Global Ime bank

एउटा कम्युनिस्ट पार्टीसँग आवद्ध भारतको विद्यार्थी महासंघले वृत्तचित्र देखाउने योजना घोषणा गरेको थियो । वृत्तचित्र प्रदर्शित हुनुअघि नै जामिया विश्वविद्यालयले मुख्यद्वार बन्द गरेको हो । 

यसै विषयलाई लिएर मंगलवार बेलुका दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा पनि समस्या सिर्जना भएको थियो । त्यहाँका विद्यार्थीहले विद्युत् र इन्टरनेट काटिएको आरोप लगाए पनि विश्वविद्यालय प्रशासनले अझै कुनै प्रतिक्रिया दिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC