site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँ सरकारले पूर्णता नपाए पनि ‘केही गरेको देखाउन’ सुरु भइसकेको छ । यस क्रममा सम्भवतः देशभर एकैपटक प्रभाव पार्ने विषय बन्न पुगेको छ ( अवैध क्रसर बन्द गराउने सरकारी कदम ।

देशभर खुलारूपमा चलाइएका तर सरकारले तय गरेको मापदण्ड भने पूरा नगरेका क्रसरहरू रोक्न अदालतले समेत आदेश दिए पनि कार्यान्वयन हुनसकेकोथिएन ।  यदाकदा अवैधरूपमा सञ्चालित क्रसर बन्द गर्न खोज्ने प्रशासकहरू नै दण्डित हुने गरेका थिए ।

नयाँ सरकार गठन हुनेबित्तिकै गृह मन्त्रालयले दिएको सबै अवैध क्रसर बन्द गर्ने आदेश  यसपटक भने पूरै पालना भएको देखिन्छ । यसैले क्रसर व्यवसायीहरू अहिले लगाइएको प्रतिबन्ध फुकुवा गराउन संगठितरूपमै लागेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको राजनीतिक नेताहरूमा क्रसर व्यवसायीको पहुँच र प्रभाव हेर्दा अहिलेको अवस्था धेरै दिन रहन मुस्किल देखिन्छ । संघीय संसद्देखि स्थानीय तहसम्ममा निर्वाचित जनप्रतिनिधिमध्ये धेरै प्रत्यक्ष वा परोक्षरूपमा यस व्यवसायमा संलग्न जो रहेका छन् ।

राज्यले तय गरेको मापदण्ड पालना गर्नुभन्दा राजनीतिक नेतृत्व र प्रहरी प्रशासनलाई प्रभावमा पारेर कानुन मिच्नमा रमाएका कारण क्रसर व्यवसायी अहिले सङ्कटमा परेका हुन् । अर्कातिर, आदेश आए कानुनको कार्यान्वयन गर्ने नत्र आँखा चिम्चने  प्रहरी प्रशासनको  चरित्रले पनि  समस्या जटिल हुनपुगेको हो ।

Global Ime bank

नदीजन्य ढुङ्गाबालुवाका सबैजसो स्रोतका कुनै न कुनै तरिकाले क्रसर व्यवसायी वा तिनका आपूर्तिकर्ताको कब्जामा परेको छ । नदी वा खोलाका किनाराहरू जताततै तिनैले प्रयोग गरेका दैत्याकारका एक्साभेटर मेसिनहरू देखिन्छन् ।

यही विस्तार र प्रभावका कारण अवैध क्रसर सञ्चालकहरूले निर्माण सामग्रीको आपूर्ति नै ठप्प पार्ने धम्की दिने आँट गरेको हुनुपर्छ । क्रसरमा स्वार्थ जोडिएका निर्माण व्यवसायीहरूको समेत दबाब थपिएपछि सरकारले निर्णय फिर्ता लिनसक्छ ।

परन्तु, अहिले पर्ने प्रभाव थेगेर सरकारले क्रसर व्यवसाय नियमन गर्न सक्यो भने त्यसबाट दूरगामी प्रभाव पर्नेछ । प्राकृतिक वातावरणको संरक्षणका साथै नदी किनारका बस्तीहरूमा देखिएको आर्थिक सामाजिक अपराध नियन्त्रणमा पनि त्यसबाट मद्दत पुग्ने देखिन्छ ।   

देशभरका क्रसर उद्योगहरू एकैपटक बन्द हुँदा विकास निर्माणका काममा असर पर्नु स्वाभाविकै हो । एकै दिन पनि काम रोकिँदा अर्बैों रूपियाँ नोक्सान हुन्छ । तर, कानुनको पालना गर्नुपर्छ भन्ने मान्यता स्थापित भयो भने त्यस्तो क्षति सहजै पूर्ति हुनेछ ।

यसैले प्रधानमन्त्री वा अरू कसैले हस्तक्षेप गरेर अवैध क्रसरहरू यथावत् सञ्चालन गराउने प्रयास नगरुन् । बरू, स्थानीय तह र प्रशासनलाई नै मापदण्डअनुसार व्यवसाय सञ्चालन गराउने व्यवस्था मिलाउन सहजीकरण गर्नु उचित हुनेछ ।  

क्रसर मेसिनहरू मापदण्डअनुसार वातावरण नबिगार्ने गरेरमात्र सञ्चालन हुन दिँदा कसैलाई पनि नोक्सान हुँदैन । अहिले क्रसर व्यवसाय गर्नेहरूलाई त्यसरी उपयुक्त स्थानमा मेसिन सार्न सरकारले अवसर र उपयुक्तताअनुसार सहुलियत दिए हुन्छ ।

यसरी सहुलियत पाउनका लागि क्रसर व्यवसायीले पनि राज्यलाई सहयोग गर्नुपर्छ । सबैभन्दा पहिले त उनीहरूले अहिलेको स्टक हुँदासम्म निर्माण सामग्री बेचबिखन गर्ने वा मूल्य बढाउने कार्य गर्नु हुँदैन ।

भण्डारण गरिएका निर्माण सामग्री लुकाउन खोजियो भने राज्यले जफत गरेर पनि आपूर्ति सहज बनाउनुपर्छ । विनाअनुमति खोला वा नदीमा चलाइएका एस्काभेटरहरू जफत गर्न सुरु गरेमा सम्भवतः क्रसर व्यवसायी पनि कानुन पालनाका लागि बाध्य हुनेछन् ।

नदीको दोहन र अवैध क्रसर सञ्चालनमा महत्त्वपूर्ण तर उपेक्षित रहेको पक्ष भने ढुङ्गाबालुवा सङ्कलनको विधि हो । नेपालका नदीहरूले बर्सेनि ठूलो मात्रामा ढुङ्गाबालुवा बगाएर ल्याउने गर्छन् । त्यसरी ल्याएको निर्माण सामग्रीमात्र प्रयोग गर्ने हो भने वातावरणीय ह्रासको समस्या गम्भीर हुनेछैन । 

यसका लागि नदी वा खोलामा निर्माण सामग्री मेसिन प्रयोग गरेर उत्खनन गर्न नदिई मानवीय सङ्कलनमात्र गर्न दिनुपर्छ । साथै, डाँडा वा भुइँमा खोस्रेर पनि उत्खनन गर्न रोकिनुपर्छ ।

नदीजन्य निर्माण सामग्री मेसिन प्रयोग गरेर उत्खनन गर्न नदिने हो भने सङ्कलन गर्न ठूलो जनशक्तिले आंशिक रोजगारी पाउनेछ । त्यसरी गाउँमै अडिने जनशक्तिको बाँकी समय खेतीपातीमा लगाउन सकिनेछ ।  

यसैले अहिले सरकारले क्रसर व्यवसायलाई नियमन गर्नेमात्र होइन अहिले नदीको दोहन पनि व्यवस्थित गर्ने उपयुक्त अवसर पाएको छ । सकेसम्म छिटो समस्या सम्बोधन गर्ने तर व्यवसायीको दबाब र प्रभावमा परेर अनुचित सम्झौता नगर्ने मध्यमार्गी उपाय सरकारले अपनाउनुपर्छ । ढुङ्गाबालुवामा अब कसैको कुदृष्टि नपरोस् ।

 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC