site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मजदुरका समस्या समाधान गर्छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताएका छन् । 
प्रधानमन्त्री निवास बालुवाटरमा आज पुगेको अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रतिनिधि मण्डलसँग भएको भेटमा उनले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत सङ्घर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे । 
वर्तमान सरकारले सक्ने जति समस्या समाधान गर्न आफ्नो ध्यान गएको स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यकपर्ने बताएको उनका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 
भेटमा महासङ्घका अध्यक्ष शालिकराम जम्मकट्टेलले केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसद्मा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गरेका थिए । 
उनले संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था, मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, ‘इ’ रिक्सालाई व्यवस्थित गर्न नियमावली तयार गर्न तथा सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचरी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन आग्रह गरेका थिए ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro