site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम विकासको मूल : मन्त्री लेखक
बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ७ नं प्रदेश अर्थात् सुदूरपश्चिम अत्यन्त सम्भावना बोकेको प्रदेश रहेको बताएका छन्। 
नेपाल प्रेस युनियन शाखा बैतडीले आज सदरमुकाम गोठलापानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले यो क्षेत्रलाई उत्तरमा चीनतर्फका नाका र दक्षिणमा भारततर्फका नाकासँग जोड्न सके व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने बताए । “सुदूरपश्चिममा विकासका लागि थुप्रै सम्भावना छन्, यसका लागि पहल गरिरहेको छु ।” 
जन्मभूमि बैतडीमा पुग्नुभएका मन्त्री लेखकले भारतको सीमासँग जोडिएको झुलाघाटमा पक्की पुल निर्माणका लागि भारतसँग सैद्धान्तिक सहमति भइसकेको बताए । यसका साथै दार्चुलाको खलङ्गा र डडेल्धुराको शीर्षमा पनि महाकाली नदीमाथि पक्की पुल निर्माणका लागि सैद्धान्तिक सहमति भएको र यसका लागि प्रक्रिया अगाडि बढेको जानकारी गराए । 
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोगका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासमा मन्त्री लेखकले यस विषयमा काँग्रेसले जनताको भावनाअनुसार निर्णय गर्नेछ भने ।
मन्त्री लेखकले वर्तमान सरकार संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने दिशातर्फ अग्रसर रहेको बताए। संविधान संशोधनका साथसाथै संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन गर्न सरकार लागिपरेको उनको भनाइ थियो । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro