site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । बोलेको स्पष्ट नबुझिने थोत्रा सञ्चार सेटबाट सुरक्षा व्यवस्था मिलाउँदा हैरान भएको प्रहरीलाई अब मुक्ति मिल्ने भएको छ । बेला–बेला हुने ठूला सभा सम्मेलन तथा भीआईपी सहभागी कार्यक्रमको सुरक्षा व्यवस्था मिलाउँदा नेटवर्क राम्रो नटिप्ने भएका कारण बोलेको स्पष्ट नसुनिने भएकाले सुरक्षा व्यवस्था कायम गर्न प्रहरीलाई हैरानी हुने गरेको थियो । तर, अब भिआईपी सहभागी हुने कार्यक्रम, सभा सम्मेलन तथा देशमा हुने विदेशीको भ्रमणका बेला प्रहरीले सीसीटिभी जडान नभएका स्थानबाट सिधै भिडियो कल गर्न मिल्ने सञ्चार सेटबाट सुरक्षा निगरानी थालेको छ । 
६ करोड रुपैयाँको लागतमा ५० वटा सेटसहित प्रहरीले रापिड कम्युनिकेशन सिस्टम भित्र्याएको हो । 
प्रहरीले गएको शिवरात्रीमा यो सञ्चार सेटको परिक्षण गरेको थियो । पशुपति क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले हातमा रहेको सञ्चार सेटमार्फत सीसीटिभी मनिटर कक्षमा भिडियो पठाएका थिए । 
“शिवरात्रीमा हामीले यो सञ्चार सेटको परीक्षण गर्यौं, यसले राम्रो काम गर्ने हामीलाई विश्वास भयो,” डीआईजी राजिव सुब्बाले भने । उनका अनुसार प्रहरीले यो सञ्चार सेट गत साता भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका बेला पनि प्रयोग गरेको थियो । 
काठमाडौंको कालिकास्थानमा टावर राखेर भारतीय राष्ट्रपति बसेको होटल हायात, होटल सोल्टी, होटल राडिसन तथा राष्ट्रपति सहभागी हुने कार्यक्रम स्थलको भिडियोमार्फत निगरानी गरिएको डीआईजी सुब्बाले बताए । 
विश्वमा ४–५ वर्षअघिमात्र सुरु भएको यो डिजिटल हाई फ्रिक्वेन्सी रेडियो सेवा प्रहरीले नेपालमा पनि विस्तार गरेको हो ।  डिजिटल एचआर रेडियो अर्थात इन्टरनेट नभएको स्थानबाट पनि भिडियो पठाउन मिल्ने प्रविधि हो यो । 
नेपाल प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख डीआईजी सुब्बाका अनुसार यसबाट इन्टरनेट नभए पनि भिडियो पठाउन मिल्छ । यो वर्ष ५ विकास क्षेत्रका लागि एक÷एक वटा यस्तो रेडियो खरिदको प्रक्रिया अघि बढिसकेको छ । यसबाट इन्टरनेट सेवा नपुगेका दुर्गम जिल्लाका प्रहरी लाभान्वित हुनेछन् ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro