site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीआईपी सहभागी कार्यक्रमको सुरक्षा निगरानी अब ड्रोन प्रहरीले गर्ने
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नेपाल प्रहरीले विशिष्ठ व्यक्ति सहभागि कार्यक्रममा आवश्यकताअनुसार सुरक्षा निगरानीका लागि ड्रोन परिचालन गर्ने भएको छ ।  प्रहरी मुख्यालयले ड्रोन प्रहरी परिचालनका लागि ४ जनालाई तालिम लिन विदेश पठाएको थियो ।
नेपाल प्रहरीले पहिलोपटक भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई महानगरपालिकाले नागरिक अभिनन्दन गर्न राष्ट्रिय सभागृहमा गरेको कार्यक्रमको निगरानी गरेको थियो ।
प्रहरीले त्यसलाई ‘ड्रोन प्रहरी’ भनेको छ । 
त्यसैगरी आईतबार काठमाडौंको कमलपोखरीमा छठ पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला पनि ड्रोन परिचालन गरी सुरक्षा निगरानी गरेको थियो ।
“प्रविधीको सहयोगमा हामीले सुरक्षा परिचालन थालेका छौं,” नेपाल प्रहरीका डीआईजी राजिव सुब्बाले बाहखरीसँग भने, “सुरुमा २ ओटा ड्रोन र ४ जना ड्रोन चलाउने दक्ष जनशक्ति तयार पारेका छौं । यो सुरुवात हो, हामीले सुरु गर्नु पहिला धेरैपटक परिक्षण पनि गर्यौं । ड्रोन प्रहरी धेरै आवश्यक रहेछ भन्ने महसुस भएको छ ।”
कार्यक्रमको सुरक्षा, विपद् व्यवस्थापन, ट्राफिक जाम लगायतको निगरानीका लागि ड्रोन आवश्यक पर्ने डीआईजी सुब्बाले जानकारी दिए ।
“अबदेखि आवश्यकताअनुसार प्रहरीले राष्ट्रपति, प्रधानमन्त्री तथा वाह्य देशका विशिष्ठ पाहुना आउँदा तथा विभिन्न भिडभाड हुने खालका कार्यक्रम हुँदा ड्रोन परिचालन गरी सुरक्षा व्यवस्था मिलाउनेछ ।”
विशिष्ठ व्यक्तिहरु सहभागि हुने कार्यक्रम क्षेत्रमा अग्ला घरको छतमा सुरक्षाकर्मी बसेर निगरानी गर्नुपर्ने अवस्थालाई ड्रोनले विस्थापित गर्ने प्रहरीको भनाई छ ।  “भीआईपीहरु सहभागी हुने कार्यक्रमस्थल क्षेत्रमा ठुला अग्ला घरहरु हुन्छन्, छतमा प्रहरी राखेर सुरक्षा निगरानी गर्नुपथ्र्यो । ड्रोन परिचालन भएपछि त्यो समस्या समाधान हुने देखिएको छ,” महानगरीय ट्राफिक महाशाखाका सडक सुरक्षा अभियानका प्रमुख डीएसपी सविन प्रधानले भने, “जनशक्तिको पनि बचत भएको छ ।”
प्रहरीसँग अहिले २ ओटा ‘पेन्टिएम २’ मोडलका २ ओटा ड्रोन छन् । डीआईजी सुब्बाका अनुसार यिनीहरुले ५ सय मिटर उचाईमा उडेर एक किलोमिटर फराकिलो सुरक्षा निगरानी गर्न सक्छन् । ४० मिनेटसम्म आकाशमा उडेर फोटो तथा भिडियो खिच्न सकिन्छ ।”
परिक्षणका लागि चलाइएका दुई वटा ड्रोन सफल भएकाले अब थप गर्ने तयारी भएको उनले जानकारी दिए ।  “हामीले परिक्षणका लागि सुरुमा २ ओटा ड्रोन चलाएका हौं,  यसबाट राम्रो रिजल्ट निस्क्यो, अब उच्च क्षमताका ड्रोन र दक्ष जनशक्ति थप गर्ने तयारीमा छौं”, उनले भने ।
त्यसैगरी काठमाडौंमा हुने ठुला सभा सम्मेलन र जात्राहरुमा ड्रोन प्रयोग गर्ने प्रहरीले जनाएको छ । काठमाडौंका घना बस्ती र ठुला ठुला घरहरु बनेका कारण कता के हुँदैछ भन्ने प्रहरीलाई जानकारी नभएका बेला ड्रोन उडाएर त्यताको गतिविधीको निगरानी गर्ने तयारीमा प्रहरी जुटेको हो । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro