site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं ।
नेकपा माओवादी केन्द्रले नेकपा एमाले तथा सरकारलाई भद्र सहमति कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।
बजेट लगत्तै एनेकपा माओवादी नेतृत्वमा सरकार बनाउने भद्र सहमति भएको बताउँदै माओवादी केन्द्रले सहमति अनुसार अघि बढ्न सरकार र नेकपा एमालेलाई आग्रह गरेको छ ।
माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पदाधिकारी निर्णयबारे केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएका छन् । 
९ बुँदे लिखित र ३ बुँदे भद्र सम्झौता तत्काल कार्यान्वयन गर्न भनेको हो । 
“हाम्रो प्रयत्न यही गठबन्धन रहेर माओवादी नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने हो,” पदाधिकारी बैठकपछि एक नेताले बाह्रखरीसँग भने,“यदि त्यस्तो हुँदैन भने हाम्रो मुद्दाको सम्बोधन जुन पार्टीले गर्छ त्यही पार्टीसँग मिलेर अब हामी सरकार बनाउँछौं ।”
यसैगरी माओवादी केन्द्रले एमालेसँग भएको भद्र सहमति कार्यान्वयनको लागि पहिले एमालेलाई नै आग्रह गर्ने निर्णय भएको छ । भद्र सहमतिमा बजेट पारित भएपछि माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाउने भन्ने सहमति भएको ति नेताले जानकारी दिए ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro