site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । विभिन्न सेवामूलक व्यवसाय गर्दै आएको मुक्तिश्री प्रालिले पाँचतारे होटल निर्माण गर्ने भएको छ । कम्पनीले काठमाडौंमा होटल सञ्चालन गर्ने गरी उद्योग विभागमा दर्ता गरेको हो । 
विभागका अनुसार मुक्तिश्री हस्पिटालिटी प्रालिका नाममा उद्योग विभागमा होटल दर्ता भएको छ । ५ अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्यसहित दर्ता भएको होटलमा २ सय ५० बेड तथा २ सय ५० सिट क्षमताको रेस्टुरेन्ट निर्माण हुने कम्पनीद्वारा विभागलाई उपलब्ध गराइएको विवरणमा उल्लेख छ । 
टेलिकम्युनिकेसन, जलविद्युत्, रियल इस्टेटलगायत विविध क्षेत्रमा लगानी गर्दै आएको मुक्तिश्री प्रालिले होटल निर्माणमा पहिलोपल्ट हात हाल्न लागेको हो । सन् २०१३ को अन्त्यतिर नै मुक्तिश्रीले राजधानीमा पाँचतारे होटल निर्माण गर्ने घोषणा गरेको थियो । 
काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा होटल सञ्चालनमा ल्याउने गरी कम्पनीले विभागमा दर्ता गराएको छ । कम्पनीले यसअघि सन् २०१६ को अन्त्यसम्ममा सेवा प्रारम्भ हुने गरी पाँचतारे होटल निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो । होटलमा ६ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने बताइएको छ । 
पछिल्लो समय नेपालको आतिथ्य उद्योगमा व्यापारिक घरानाबाट ठूलो परिमाणमा लगानी आइरहेको छ । यसअघि घोषणा भएका कतिपय घरानाले अहिले होटल निर्माण गरिरहेका छन् भने कतिपय निर्माणको तयारीमा छन् । एमएस ग्रुप, चौधरी ग्रुप, सोल्टी होटल लिमिटेड, सेञ्चुरी ग्रुप (दुगड)जस्ता ठूला व्यापारिक घरानाले होटल निर्माण सुरू गरिसकेका छन् ।
व्यापारिक समूहले उपत्यकाभन्दा बाहिरका सम्भावित पर्यटकीय गन्तव्यलाई लक्षित गरेर पनि ठूला होटल सञ्चालनमा ल्याउँदै छन् । 
सोल्टी होटल लिमिटेडले सोल्टी हस्पिटालिटी नामक सहायक कम्पनीमार्पmत नेपालगन्जमा चारतारे होटल निर्माण सुरू गरिसकेको छ । उता, सेञ्चुरी ग्रुपले पनि विराटनगर र धरानमा ठूला होटलको पूर्वाधार निर्माण सुरू भएको बताएको छ । एमएस ग्रुपले भने राजधानीको नक्साल र ठमेलमा ठूला होटल निर्माण गरिरहेको छ । 
पर्यटन क्षेत्रमा ठूलो सम्भावना देखेका व्यापारिक समूह आतिथ्य उद्योगमा आकर्षित हुनु सकारात्मक रहेको होटल व्यवसायीहरू बताउँछन् । निकट भविष्यमा नेपालमा ठूलो सख्ंयामा होटल र बेडको सख्ंया बढ्ने निश्चित भएसँगै पर्यटक आगमन सख्ंयासमेत वृद्धि गर्नुपर्ने र त्यसका लागि राज्यको सक्रियता जरुरी रहेको उनीहरूको भनाइ छ ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro