राजनीति
माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (साउन १७) पनि जारी छ । बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका धारणामाथि स्थायी कमिटी सदस्यले बोल्ने क्रम जारी छ । समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ ।
बैठकमा हरेक वक्तालाई १० मिनेटको समय दिइएको छ । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, साउन १७, २०८२ १४:२५
प्रतिक्रिया दिनुहोस्