देश
'चैत १५ मा मार्छन् भन्ने मैले अघिल्लो दिन सूचना पाएको थिएँ'

काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै प्राप्त गरेको दाबी गरेका छन् ।
उनी लामो समय थुनामा रहेर बाहिरिएका थिए । बाहिरिएको १५ दिनमा सोमबार गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका छन् ।
“अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्,” उनले दाबी गर्दै भने । राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको बताए ।
उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको बताएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ १४:५०
प्रतिक्रिया दिनुहोस्